गल्कोट हटियामा पाँच दिने पत्रकारिता तथा उद्घा्षण तालीम जारी !

थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत २० । प्रेस सेन्टर नेपाल गल्कोट नगरपालिकाको आयोजनामा गल्कोट हटियामा सञ्चालन भईरहेको ५ दिने पत्रकारिता तथा उद्घोषण तालिमको शनिवार दोस्रो दिन विविध विषयमा प्रशिक्षण दिईएको छ । चैत २२ गते सम्म सञ्चालन हुने तालिममा गल्कोट क्षेत्रका ७५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

दोस्रो दिनको तालिममा हिजो समाचारका स्रोत के के हुन सक्छन, कस्ता समाचार प्रकाशन एवम् प्रसारण गर्न हुन्छ, समाचारलाई सञ्चारमाध्यम सँग कसरी पु्याउने, उद्घोषण कला के हो मञ्चिय उद्घोषण कसरी गर्ने औपचारिक र अनौपचारीक कार्यक्रम कस्ता कार्यक्रमलाई भन्ने लगायतका विषयमा सगरमाथा टेलिभिजनका म्याग्दी संवाददाता एवम् पे्रस सेन्टर नेपाल प्रदेश नं ४ का सह सचिव सन्तोष गौतम र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव एवम् प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अविरलले सहजिकरण गरेका थिए।

तालिममा प्रेस सेन्टर नेपाल बागलुङले प्रेस सेन्टर नेपाल गलकोट नगर कमिटिलाई मायाको चिनो समेत प्रदान गरेको थियो । तालिममा सहभागीको तर्फबाट कृष्ण बिसीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा मुकेशचन्द्र राजभण्डारी, कोपिला कडेल, राम थापा अविरल, सन्तोष गौतम, कृष्ण कडेल, घनश्याम गौतम लगायतले सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *