Menu

ग्वालिचौरमा काँग्रेसको १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन !

अनिश शर्मा गैरे, बागलुङ २०७३ चैत २० । आसन्न स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेपाली काँग्रेस बडीगाड गाउँपालिका वडा नम्बर ५ ग्वालिचौरमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बडिगाड गाँउपालिका का नेपाली काँग्रेसका संयोजक अर्जुन घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सदस्य सरस्वती आचार्य, पुर्व जिल्ला सदस्य हरिदत्त आचार्य लगायत नेपाली काँग्रेस सम्बद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमले अर्जुन प्रसाद खरेलको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समितिको गठन गरेको छ । जसको सहसंयोजकमा बिष्णु प्रसाद आचार्य रहेका छन ।
कार्यक्रमले साविकका गाबिस भित्रका वडाहरुमा गइ निर्वाचन परिचालन समिति गठन गरि पार्टीलाइ आसन्न चुनावमा शसक्त रुपमा अगाडी लैजाने जनाइएको छ ।
कार्यक्रमले आगामी निर्वाचनमा सशक्त उम्मेवार उठाइ अगाडी बढ्नुपर्नेमा जोड दिएको छ । कार्यक्रमको सञ्चालन सचिब राजन प्रसाद आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *