Menu

नेपाल राष्ट्रिय कर्मचारी महासंघ बागलुङको जिल्ला एकता भेला सम्पन्न !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १९ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ बागलुङको जिल्ला एकता भेला शनिवार सम्पन्न भएको छ । न्युनतम जीवन निर्वाह र जनसेवा सम्बन्धी छाता ऐनको जनसंविधानमा सुनिश्चितता, राष्ट्रिय स्वाधिनता सम्बृद्धि र अग्रगमनको अभियानमा राष्ट्रसेवकहरुको सहभागीता भन्ने मुल नाराका साथ जिल्ला एकता भेला सम्पन्न भएको थियो ।

राष्ट्रसेवक कर्मचारीहरुले अवको संघीयताको लागु गर्ने विषयमा स्थानीय तहमा कर्मचारीलाई मर्यादामा आँच नपुग्ने गरी कार्य गर्न पहल गर्ने बताएका थिए ।
त्यसै गरी नेपाललाई उज्यालो नेपाल बनाउन बर्तमान सरकार नेपाल कर्मचारी महासंघले महत्वषुर्ण भुमिका खेलेको प्रदेश नम्वर ४ का संयोजक तारनाथ सापकोटाले बताए।

नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य चन्द्र बहादुर बुढा मगर सागर, केन्द्रिय महाधिवेसन आयोजक समिती सदस्य ज्ञामनाथ गैरे अनिल प्रेस सेन्टरकी केन्द्रिय सदस्य कोपीला कडेल लगाएतले बोलेका थिए । भेलाले नारायण सापकोटाको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति र ५ सल्लाहाकार समिति गठन गरेको छ ।

सदस्यहरुमा ठाकुर प्रसाद शर्मा, दिनबन्दु शाह, काशिराम पौडेल, सावित्री केसी ,होमबहादुर थापा, कृष्ण प्रसाद शर्मा, प्रकाश महतारा, महिमा बज्राचार्य, हरिदत्त जैसी, सुनील कुमार राउत रहेका छन् । सल्लाहाकार समितिमा विप्लव अधिकारी, ईश्वर प्रसाद श्रेष्ठ, हरि रावल, निलकण्ठ शर्मा, केशवबहादुर पौड्ल रहेका छन् ।

कार्यक्रम सम्मेलन आयोजक समिती संयोजक नारायण प्रसाद सापकोटाको अध्यक्षता सदस्य दिनबन्दु यादमको स्वागत र प्रकाश थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *