बर्तिबाङमा दुई दिने नि:शुल्क सिविर सकियो : ८३५ ले उपचार पाए ।

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत १९ । ढोरपाटन नगर पालीका अन्र्तगत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार देखि सुरु भएको दुई दिने जनरल फिजिसियन र गाईनोलोजिस्टका बिरामीहरुका बिशेषज्ञ निशुल्क स्वास्थ्य सिविर शनीबार सम्पन्न भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य निर्दशनालय पोखराको आयोजनामा नेपाल सरकारको आर्थिक सहयोग र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्थानीय समन्वयमा महिलाहरुको लागि हुने समस्या महिनावारी गडबडी, पाठेघरको समस्या, तल्लो पेट दुख्ने समस्या र फिजिसियन तर्फ पेट, छाती मुटु , टाउको दुखाई जस्ता समस्याको चेक जाँच एवम औषधिको माध्यमद्धारा ६ सय ५१ जना महिला र १ सय ८४ जना गरीकुल ८ सय ३५ जनाको उपचार गरिएको हो ।

हिजो बिहान ९ बजेदेखि सुरु भएको सिविरमा पन्द्र सय देखि २ हजार सम्म बिरामीको चेकजाँच तथा उपचार गरीने लक्ष्य लिएकोमा लक्ष्य भन्दा आधा बिरामीको चेकजाँच तथा उपचार सफल भएको पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्दशनालय पोखराका क्षेत्रिय निर्दशक डा तारानाथ पौडेलले जानकारी दिए । सिविरबाट १३ जना महिलाको पाठ्यघरको अप्रेशन गनुपर्ने भएका कारण म्याग्दिको वेनी अस्पतालमा तथा देबदह मेडिकल कलेजमा निशुल्क रिफर गरिने बताईएको छ ।

सिविरमा सहभागि मध्य १ सय २३ जनाको अल्टा्रसाउण्ड, १सय १२ जना रगत परीक्षण गरिएको थियो ।

सिविरमा गाईनोलोजिस्ट तर्फ गण्डिकी मेडिकल कलेजका सामान्य चिकित्सा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा जस्मा मल्ली , र फिजिसियन तर्फ पश्चिमाञ्चल क्षेत्रिय अञ्चल अस्पत्तालका डा बुद्धि लामिछानेव्दारा चेकजाँच गरिएको थियो । सिविरका लागि आयोजक तर्फबाट ७ जना चिकित्सक र बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

त्यस्तै धौलागिरी अञ्चल अस्पताल बागल्ुङका मेडिकल सुपरीटेण्डन्ट सागर राजभण्डारी पश्चिमाञ्चल स्वास्थ्य निर्दशनालय पोखराका प्रशाशक सहायक जगत बन्दु पौडेलको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *