सहकारी अध्ययन अवलोकनका लागि सबैको छनौटमा सिवाईसी

सुमन जि.सी बागलुङ, २०७३ चैत १९ । जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ देशभरका सहकारीकर्मी तथा सहकारीसंग सम्वद्ध सबैको अध्ययन अवलोकनका लागि छनौटमा पर्ने गरेको छ ।

दिनहुँ जसो देशभरका फरक फरक ठाउँवाट स्थलगत अध्ययन अवलोकनका लागि सहकारीमा संलग्न सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुको टोली संस्थामा आउने गरेका छन् ।

गत आ.व. मात्र संस्थामा २ हजार भन्दा वढिले स्थलगत अवलोकन गरेकोमा यस वर्ष हालसम्म ३ हजार भन्दा वढिले अवलोकन गरी सिक्ने सिकाउने र अनुभव आदान प्रदान गर्ने कार्य भईरहेको र भ्रमणका लागि आउने क्रम अत्याधिक भएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

पौडेलले सिवाईसीले छोटो समयमा हाँसील गरेका उपलव्धी र संस्थाले सञ्चालन गर्दै आईरहेका बचत तथा ऋणका साथ साथै गैर वित्तीय सेवा जस्तैः सामाजिक सुरक्षा तथा मानविय समवेदनाका कार्यहरुले गर्दा देशभर आफ्नो पहिचान बनाउन सकेकाले भ्रमणका लागि सिवाईसी छनौटमा परेको धारणा राखे ।

संस्थाले कारोवार सञ्चालनको ६ वर्षमा डिभिजन सहकारी कार्यालय बागलुङबाट धौलागिरी अञ्चलको उत्कृष्ठ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनवाट प्रदेश नं. ४ को उत्कृष्ठ, आन्तरीक राजस्व कार्यालय पोखरावाट उत्कृष्ठ करदाता लगाएतका पुरस्कारवाट सम्मानीत भईसकेको छ । संस्था हाल एसीयाली स्तरको ऐक्सेस व्राण्ड (प्रतिकीकरण चिन्ह) प्राप्त गर्नका लागि प्रयासरत रहिरहेको छ ।

अध्ययन अवलोकन भ्रमणकै क्रममा शनिवार कपिलवस्तु स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को टोलीद्धारा स्थलगत अवोलकन गरी संस्थाले सञ्चालन गरेका गतिविधिहरुको बारेमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

४३ जनाको सञ्चालक, कर्मचारी र शेयरसदस्यहरुको टोलीलाई संस्थाले सञ्चालन गरेका विभिन्न गतिविधिहरुको बारेमा संस्थाका अध्यक्ष पौडेलले जानकारी गराएका थिए भने दर्शन साकोसको तर्फवाट संस्थाका सचिव राजेन्द्रविक्रम शाहीले आफ्नो संस्थाका गतिविधि र सिवाईसी साकोसबाट आफुहरुले सिक्न चाहेका कुराहरु बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता ऐक्सेस कार्यदल सदस्य सीता शर्माको स्वागत, सदस्य सेवाकेन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारीको सञ्चालन र कोषाध्यक्ष विमला गुरुङको धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *