Menu

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बढ्यो महिलाहरुको सक्रियता !

बागलुङ २०७३ चैत १९ । आसन्न स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउपालिकाको प्रमुख वा अध्यक्ष पदहरुमा कुनै पनि राजनीतिक दलले उम्मेदवारी दिदा दुई मध्य एक पदमा महिला उमेदवार अनिवार्य रहने व्यवस्था भएपछी राजनीतिमा चासो लिने महिलाहरुमा एक्कासी सक्रियता बढेको छ । खासगरी सरकारी वा गैह्रसरकारी निकायहरुमा आवद्ध रहेका महिलाहरु यस तर्पm बढी चनाखो देखिन्छन् ।

राजनीतिक दलका भातृ संगठनहरु मध्य शिक्षक संघ संगठनमा रहेका महिलाहरु शिक्षक जागीरबाट राजिनामा दिएर चुनावी प्रचारमा लागेको पाईएको छ । तर कतिपय नगर र गाउपालिकामा राजनीतिक दलहरुले ईच्छुक, योग्य, क्रियाशील महिला उम्मेदवारहरुको खोजी गरिरहेको अवस्था छ ।

बागलुङ जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाहरुको प्रमुख पदमा अधिकांश राजनीतिक दलहरुले पुरुषलाई नै अघि सार्ने र उपप्रमुखमा महिलाहरुलाई मौका दिने मनस्थिति बनाएको पाईएको छ ।

धेरैजसो गाउपालिका र नगरपालिकामा को महिला कुन दलबाट कुन पदमा उमेदवार बन्लान भन्ने अनुमान गर्न कठीन छ किनकि राजनीतिक दलहरुनै अन्योलमा रहेको अवस्था छ । सामाजिक सन्जालबाट आफनो मनसुवा व्यक्त भने गर्ने सिलसिला सुरु भैसकेको छ । हालसम्म जेजति बुझिन आएको छ त्यस्लाई पाठकहरुका जानकारीका लागी यहाँ दिने प्रयास गरिएको छ ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकामा विभिन्न राजनीतिक दलहरुबाट महिला नेतृहरुले उमेदवारी दिने जमर्को गरिरहेका छन् । एमालेकी महिला नेतृ मना केसीलाई बागलुङ नगरपालिकाका प्रमुखमा उमेदवार बनाएमा चुनाव जितिने तर्क एमालेबृत्तमा छ । तर सभासदको उमेदवार बनिसकेकीले संभव हुन्न कि भन्ने केसी निकट श्रोत भन्छ ।

नेपाली काँग्रेसबाट नेमसंघकी अध्यक्ष शकुन्तला शर्मा, पार्वती आचार्य, कल्पना हमालको नाम चर्चामा छ भने एमालेबाट ममता शर्मा आदिको नाम प्रकाशमा आएको छ । जनमोर्चाबाट लक्ष्मी बास्कोटाको नाम चर्चामा छ भने माओवादी केन्द्रबाट जशोदा शर्माको नाम सुनिन्छ ।

उता जैमिनी नगरपालिकामा काँग्रेसबाट उषा पौडेल,भगवती सापकोटा चर्चामा छन भने एमालेबाट सावित्री रानाको नाम सुनिएको छ ।

गल्कोट नगरपालिकाको प्रमुख वा उपप्रमुख पदमा नेपाली काँग्रेसबाट मन्जू चालिसे र रेणुका काउचामगरको नाम अग्रपङ्तीमा रहेको छ भने एमालेबाट मन्जू श्रीस, रत्ना भण्डारी र विष्णु रानाको नाम चर्चामा छ ।

उता ढोरपाटन नगरपालिकामा कुनै पनि राजनीतिक दलहरुबाट महिला नेतृहरु चर्चामा छैनन । स्थानीय नगरवासीको अनुमान अनुसार नेकाबाट संभाव्य उमेदवार रत्ना शेरचन, एमालेबाट कर्मदी पुन, माओवादी केन्द्रबाट कमला अर्याल र जनमोर्चाबाट दुर्गा देवी घर्ती र सुनमायाँ घर्तीमगरको नाम चर्चामो छ ।
गाउपालिकाहरु मध्य बडीगाड गाउँपालिको प्रमुखमा नेपाली काँग्रेसकी नेतृ गण्डकी थापा अधिकारीले उमेदवार दिने उद्घोष गरि सकेकी छिन् । अन्य दलहरुबाट को उमेदवार बन्ने भन्ने चर्चा त्यति बाहिर आएको छैन । एमालेबाट शान्ति अधिकारी, जीवन कुवँर, विना थापा र मीना रायमाझी उठ्न सक्ने एमालेबृत्तले जनाएको छ ।

काठेखोला गाउपालिकामा एमालेकी अन्जू जीसीको नाम चर्चामा छ भने नेपाली काँग्रेसबाट ज्ञानू श्रीस शर्माको नाम चर्चामा छ ।

बरेङ गाउपालिकामा माओवादी केन्द्रकी चिनीमायाँ कालामगर चर्चामा छिन् । माओवादी केन्द्रका नेता लिलबहादुर थापाका पुत्र अध्यक्षमा लड्ने उद्घोष गरिसकेको अवस्थामा कालामगर कुन पदमा उठ्छिन त्यो एकीन भैसकेको देखिन्न ।

ताराखोला गाउपालिकामा माओवादी केन्द्रबाट फुलमायाँ पुन, भविकला पुन र निरमायाँ श्रीसको नाम प्रकाशमा आएको छ । नेपाली काँग्रेसबाट चन्द्रकली रोकाको नाम चर्चामा छ । निसी र तमान गाउपालिकाबाट महिला उमेदवारहरुको चर्चा चलेको छैन ।

महिला नेतृहरुको इबागलुङलाई प्राप्त तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ, धेरै इच्छुक महिलाहरुको तस्वीर उपलव्ध हुन सकेन । महिला नेतृहरुको नामको टुंगो लाग्ने वित्तिकै अपडेट गर्ने प्रयास गर्नेछौँ ।

जिल्लाभरको चुनावी विश्लेषणको लागि ईबागलुङ हेर्दै गर्नुहोला ।

तस्वीर:
पहिलो पंक्ती (बायाँ देखी दायाँ)-गण्डकी थापा अधिकारी, लक्ष्मी बास्कोटा, चिनीमायाँ कालामगर, मन्जू चालिसे र शकुन्तला शर्मा ।
दोश्रो पंक्ती (बायाँ देखी दायाँ)- उषा पौडेल, रेनुका काउचामगर, मना केसी, ममता शर्मा र कल्पना हमाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *