माओवादी केन्द्र वडिगाड गाउँपालिका–५ को अध्यक्षमा घिमिरे !

बागलुङ २०७३ चैत्र १९ गते । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका वडा नम्बर–५ को खौलारमा भएको वडा सम्मेलनले कलाधर घिमिरेको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ ।
वडा समितिको उपाध्यक्ष दिपक कुँवर, सचिव नेत्रप्रसाद गौतम, सहसचिव गोविन्द थापा र कोषाध्यक्ष सवित्रा आचार्य रहेका छन  ।
५ जना पदाधिकारी सहित रामचन्द्र खरेल र खिमराज घिमिरे रहेको ७ सदस्यीय सचिवालय समिति पनि बनार्ईको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले समावेशि लोकतन्त्रको जग स्थानिय तहको अभ्यास भएको भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रको जितका लागि जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका  थिए । सो अबसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका कोषाध्यक्ष रामचन्द्र खरेलले पनि प्रशिक्षण मुलक मन्तव्य राखेका थिए।
कार्यक्रम कलाधर घिमिरेको अध्यक्षता, रामचन्द्र खरेलको स्वागत मन्तव्य र नेत्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *