गजल: आस्था डढेर खरानी भएपछि

आस्था डढेर खरानी भएपछि
आइपुगेछौ ब्रम्हनाल सिरानी भएपछि

कसम खायौ”तिमीबाहेक क्वै छैन मरीजाउँ” !
भमरालाइ फूलैफूलमा जवानी भएपछि

लुकिजानें जूनभरि जुनिभरि मौन छाया
घाम मुस्कुराउँदै उठ्छ बिहानी भएपछि

लैजाउ खाल्डो खनी पुर प्रेमपुराण के सुन्नु
छातीभित्रै आँसुले लेखेको कहानी भएपछी

सपनिमा जोडी ढुकुर देखे पनि ऐँठन हुन्छ
यादैयादमा तड्पिरहने जिन्दगानी भएपछि

समर्पणको गुलाब रोपेथेँ ह्रदयको फूलबारीमा
घायल मुटु ती आँखाको निसानी भएपछि

जीवनभन्दा मृत्यु निक्कै प्रिय लाग्दो रैछ
यो संसारै स्वार्थी बिषको खानी भएपछि !!

शान्ति शर्मा
समकालीन साहित्य प्रतिष्ठान, बेलायत ।
२०७३ चैत १९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *