प्रवास : नेपाल पत्रकार महासंघ कतार शाखाको दोस्रो परिषद भेला सम्पन्न

उद्धव मगर, दोहा कतार २०७३ चैत १९ । हिँजो शुक्रवार माच ३१ तारीखमा नेपाल पत्रकार महासंघको दोस्रो परिषद भेला नेपाली रेष्टुरेण्ट आँगनमा सम्पन्न भएको छ । भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कुमार कार्कीले गरेका थिए ।

भेलामा प्रवासमा आफ्नो डिउटीबाट बचेको समयलाई सदुपयोग गर्दै पत्रकार महासंघमा काम गर्ने सम्पूर्ण जुझारु पत्रकारहरुलाई गोलवन्द गर्ने लक्ष्यका साथ आयोजना गरिएकोे यस भेलामा कतारमा रहेका पत्रकारहरुको सहभागिता रहेको थियो ।

गणेश प्रसाद बन्जाडेले अध्यक्षता गरेको कार्यक्रममा विशेष अतिथि क्रान्ति सिंह, अतिथि उपाध्यक्ष दिपक पूडासैनी, कोषाध्यक्ष घनश्याम पाराजुली, सल्लाहाकार करिमबक्स मिया, पार्षद अतिथि भुवन सुनुवार र सिताराम थापाको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका सचिव नवराज वि.क को सञ्चालन रहेको थियो भने कार्यक्रम ज्ञात अज्ञात सहितहरुप्रती एक मिनेट मौन धाराण गरिएको थियो ।
यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य घनश्याम पराजुलीले राख्दै विधिवतरुपमा कार्यक्रम अगाडी बढेको थियो । अन्तमा यस कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको यसै संस्थाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *