मनोसामाजिक अपाङ्गतालाई न्यूनिकरण गर्न मिडियाको भूमिका महत्वपूर्ण !

महेन्द्रराज सिँह काठमाडौँ २०७३ चैत १८ । प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) को संयोजनमा आयोजित “ मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका ” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्गतालाई न्यूनिकरण गर्र्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने बताए भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) का अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढीलम्बियो भने मानसिक रोगको लक्षण देखापर्ने र यसको एक्सरे, एमआरआईबाट मापन नहुने स्पष्ट पारे । उनले नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदनमा रहेको पनि बताए ।

कार्यक्रमको अध्यक्षता गरेका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिकरुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाकाबारेमा धारणा व्यक्त गर्दै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको जानकारी दिए । कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु-याईएका र उनीहरुलाई उद्धार गरिएकोसम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *