बुर्तिवाङमा एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिम जारी !

बुर्तिवाङ २०७३ चैत १७ । ग्रामीण विकास मञ्च अधिकारीचौरको आयोजनामा मंगलबारदेखि बुर्तिबाङमा संचालित एक हप्ते पत्रकारिता तथा उदघोषण तालिम आज तेस्रो दिन पनि सुचारु रहेको छ ।

मञ्चको आयोजना, सामुदायिक रेडियो परिवर्तनको समन्वय र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा संचालित उक्त तालिममा सांसद नरबहादुर थापाद्धारा सांसद विकास कोषबाट आर्थिक सहयोग भएको छ । तालिममा समाचार संकलन तथा लेखन, र वाचन उद्घोषण, रेडियो कार्यक्रम उत्पादन, प्रस्तुतिकरण, रिपोर्टिङ लगायतका विषयमा प्रशिक्षण भइरहेको छ ।

आज तालिमको तेस्रो दिन नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सदस्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी र नेपाल पत्रकार महासंघ बागलुङ जिल्ला अध्यक्ष एवं धौलागिरी एफएमका सम्पादक दील शिरिषले समाचार लेखन, कार्यक्रम उत्पादन, स्कृप्ट लेखन तथा उद्घोषण अभ्यास, औपचारिक तथा अनौपचारिक कार्यक्रमको प्रस्तुतिकरण र सञ्चालन लगायतका विषयवस्तुमा प्रशिक्षण दिएका छन् । तालिम भोलीपनि जारी रहने छ ।

तालिममा महासंघका जिल्ला कोषाध्यक्ष तथा परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय राना, महासंघका ४ नं. क्षेत्रिय पार्षद सदस्य प्रशान्त घर्तीमगरले समेत सहजीकरण गर्ने तालिका रहेको आयोजकले जानकारी दिएका छन् । तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै व्यवस्था गरिएको छ । उत्कृष्ठ हुनेलाई सञ्चार माध्यममा काम गर्ने अवसर रेडियो परिवर्तनले मिलाउने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *