पत्रकार महासंघको भवन निर्माण अभियान शुरु : पहिलो दिन रु. १० लाख संकलन !

बागलुङ २०७३ चैत १६ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघको भवन निर्माणका लागि ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियान शुरु गरेको छ । नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले उद्घाटन गरेका थिए भने ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियानको पत्रकार महासंघका शाखा अध्यक्ष दिल शिरीषले घोषणा गरेका थिए ।

आधुनिक सूचना केन्द्र सहित १ करोड ३० लाखको रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि अभियानको पहिलो दिन मात्रै १० लाख २० हजार रुपैयाँ संकलन भएको महासंघका कोषाध्यक्ष बिजय रानाले जानकारी दिए ।

भवनका लागि जिल्ला विकास समितिले ५ लाख, सञ्चार मन्त्रालयले ५ लाख, बागलुङ नगरपालिकाले २ लाख ५० हजार, सांसद प्रकाश पौडेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १ लाख ५० हजार र अर्का सांसद चम्पादेवी खड्काको कोषबाट १ लाख गरि कुल १५ लाख रुपैयाँ बिनियोजन भइसकेको उनले बताए ।

अभियान शुभारम्भका अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले आफ्नो मासिक तलब बराबरको ५४ हजार ४ सय २१ रुपैयाँ प्रदान गर्ने घोषणा गरे भने अध्यक्ष शिरीषले ३० हजार, उपाध्यक्षव्दय नरेश कंडेल र उषा पौडेलले २५ हजार ५ सय ५, सचिव राम थापा ‘अविरल’, कोषाध्यक्ष बिजय राना, सह–सचिवद्धय नविन शिशिर बिक र सुवास आचार्यले नगद २०÷२०्र हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

यसैगरि, महासंघका पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारीले २५÷२५ हजार, कलाकार तथा समाजसेवी लक्ष्मण श्रीले २५ हजार ५ सय ५५, प्रेस चौतारिका केन्द्रिय सचिव रामकृष्ण शर्माले २५ हजार ५ सय, व्यवसायी रुद्र महतले २५ हजार ५ सय, बागलुङ उद्योग बाणिज्य सघंका प्रथम उपाध्यक्ष उमेश केसीले २० हजार, सघंका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले ३६५ दिनको दैनिक ५० रुपैयाँका हिसावले १८ हजार २ सय ८०, महासंघका सल्लाहकार ज्ञानेन्द्र गौतमले २० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले १२ हजार ३ सय ४५, पत्रकार महासंघका पूर्व कार्यसमिति सदस्य अर्जुन लामिछानेले २० हजार, ताफिया तुन्जी जोइन्ट भेन्चर प्रालिका साइड इन्चार्ज यादव सुवेदीले १५ हजार, महासंघका सल्लाहकार उमाकान्त शर्मा, कोपिला कंडेल, टेकबहादुर क्षत्री संगमले १० हजार, अधिवत्ता राम शर्माले १० हजार, हाल अमेरिकामा रहेका दिलिप श्रीसले नगद १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

संस्थागत रुपमा नेपाल प्रेस युनियनले १० हजार, प्रेस चौतारीले ५ हजार, प्रेस सेन्टरले ५ हजार, फोटा पत्रकार महासंघ बागलुङले ५ हजार १ सय १ प्रदान गर्ने घोषणा गरेका छन् ।

महासंघको भवन निर्माणका लागि बानपा–२ मा सार्वजनिक जग्गाको व्यवस्थापन गरि गत माघमै शिलन्यास गरिएको र अब आर्थिक अभियान सँगै आगामी बैशाख १ गतेदेखी निर्माण कार्य समेत थालिने नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । ‘अभियानको शुभारम्भ गर्दाको दिनमै उत्साहजनक सहयोग जुटेको छ, उहाँले भन्नुभयो, संघ संस्थाको बिनियोजिट बजेट सँग २५ लाख बढी रकम संकलन भएको छ, उत्साहजनक रुपमा देश बिदेशबाट समेत सहयोगका लागि व्यक्तिगत र संस्थागत प्रतिवद्धता आइरहेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुबाट मात्रै करिब ७ लाख रुपैयाँ संकलन भएको अध्यक्ष शिरीषले बताउनुभयो । अब अभियान निरन्तर रुपमा चल्ने जनाउदै सहयोग गर्न सबैलाई महासंघले अपिल गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, पूर्व अध्यक्ष रामबहादुर जिसी, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार ज्ञानेन्द्र गौतम लगायतले अभियानमा सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम महासघंका उपाध्यक्ष नरेश कंंडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *