चैत्राष्टमी मेला-२०७३ आज देखी सुरु, मेलाको उद्घाटन उपप्रधानमन्त्री कमल थापाले गर्ने !

बागलुङ २०७३ चैत १६ । ‘गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबद्र्धन’ भन्ने नाराका साथ चैत्राष्टमी (चैते दशैँ) मेला २०७३ कालिका देवीको मन्दिर परिसरमा आज बुधबार दिउँसो शुभारम्भ हुने छ । कालिका भगवति गुठीका अध्यक्ष राजु खडकाका अनुसार अन्तर कलेज चैत्राष्टमी कप धौलागिरी अंचल स्तरीय फूटबल प्रतियोगीता सुरु गरी मेलाको शुभारम्भ गरिने छ ।

मेलाको उघाटन उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले चैत २२ गते गर्ने कार्यक्रम तय भएको आयोजकले बताएका छन् ।

बिगत पाँच शताव्दि देखी मनाईदै आएको चैते दशैँ मेला (चैत्राष्टमी मेला) लाई यस क्षेत्रमा साँस्कृतिक पर्वको रुपमा लिईन्छ ।

मेला संचालनको लागि करिव २३ लाख रुपैँया खर्च लाग्ने आयोजकको अनुमान छ । मेलाको कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका, धौलागिरी अंचल बस व्यवसायि संचालक समिति, रामरेखा सामुदायिक वन उपभोक्ता समूह, धौलागिरी अंचल जीप व्यवसायि समिति, बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघ मेला आयोजक संस्थाको रुपमा रहेको अध्यक्ष खडकाले बताए ।
मेलामा फुटबल लगायत भलिबल, दोहोरीगीत आदि प्रतियोगिताहरुको आयोजना गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *