गुल्मीमा आजबाट कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु !

अनिश शर्मा गैरे, वामी गुल्मी, २०७३ चैत १३ । गुल्मी जिल्लाभरी नै आजबाट कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु भएको छ । आइतबार बाट २१ गते सम्म उक्त परिक्षा सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अँग्रेजीको परिक्षा सहज बाताबरणमा सम्पन्न भएको छ ।

वामी श्रोत केन्द्रमा ६ ओटा परिक्षा केन्द्र निर्धारण भएका छन भने १६ बिद्यालयका ३ सय ९४ जना परिक्षार्थीले परिक्षा दिने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शमाृले जानकारी दिए ।

परिक्षा केन्द्रहरुमा वामीमा रहेको महेन्द्र आदर्श माबि, मैदानको शारदा बिद्या मन्दिर माबि, कुर्घाको त्रिभुबन माबि, पौदीअमराइको नेपाल राष्ट्रिय सर्बाेदय माबि र अर्लाङ्कोटका सीतापुर माबि र ज्ञानज्योती निमाबि रहेका छन ।

प्रत्येक परिक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष र एक एक जना अनुगमनकर्ता पनि नियुक्त गरिएको जनाइएको छ । केन्द्राध्यक्षको नियुक्ती गर्दा केन्द्राध्यक्षहरुको होम सेन्टर नपर्ने गरी ब्यबस्था मिलाइएको जनाइएको छ ।

वामीमा रहेको महेन्द्र आदर्श माबि परिक्षा केन्द्रमा मालीका बोर्डिङ्ग, गोल्डेन बोर्डिङ्ग र महेन्द्रकै बिद्यार्थीहरु सहभागी छन । त्रिभुबन माबि कुर्घाका शिक्षक समेत रहेका केन्द्राध्यक्ष फणिन्द्रराज ज्ञावलीका अनुसार महेन्द्रबाट ८६, मालीका बाट २७ र गोल्डेनबाट २० जना परिक्षार्थी सहभागी छन । जस मध्ये छात्रा ६९ तथा छात्र ६४ गरी १ सय ३३ जना परिक्षार्थी रहेका रहेका छन । परिक्षा बिहान १०ः३० बाट सञ्चालनमा आउने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *