बुर्तिवाङबाट छुटेको जीप तमान खोलामा खस्दा एक महिलाको मृत्यु, ३ जना घाईते !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत १३ । बुर्तिबाङ बजारबाट चार जना यात्रु सहित सामान लिएर बिहान सवा १० बजे बोङगादोभानका लागि छुटेको पिकअप जीप दुले नजिकैबाट तमान खोलामा खसेर दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

ग २ च ९११ नम्बरको जीप सडकबाट २० मिटर तल तमानखोलामा खस्दा तमानखोला गाउँपालिका–५ खुंखानीकी ३६ बर्षिया टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो ।

उनका छारा ३ बर्षिय खगेन्द्र विक, सोहि ठाउँका ६३ बर्षिय जसबहादुर विक र ४६ बर्षिय ज्ञानदेवी बिक घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । उनिहरु तिनै जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भईरहेको छ ।

जीपका चालक ढोरपाटन नगरपालिका–२ का धुर्ब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *