समुन्नत युवा क्लव पैयुँपाटाको अध्यक्षमा रिजाल !

नारायण रिजाल, बागलुङ २०७३ चैत १३ । बागलुङ नगरपालिका पैयुँपाटामा रहेको समुन्नत युवा क्लबको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै समाजसेवी तथा टे«डयुनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारीले समाजमा शिक्षा स्वास्थ्य तथा अन्य विकास निर्माणका सामाजिक कार्यमा युवाहरुको सक्रियाता हुनुपर्ने बताउदै क्लबले हरेक वर्ग र समदायको पक्षमा उत्तरदायी भुमिका निर्वाह गर्नुपर्ने बताए
कार्यक्रममा जनमत माध्यमिक विद्यालय बास्कोटका प्रध्यानध्याप परशुराम रिजाल, शालिग्राम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरिधर रिजाल, स्थानिय समाजसेवी भवानी प्रसाद रिजाल, राजु शर्मा लिलाधर रिजाल, महेन्द्र अधिकारी लगायतले बोलेका थिए ।

त्यसै गरी साधारण सभाले ऋषिराम रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा महेन्द्र अधिकारी, सचिवमा नारायण रिजाल, सहसचिवमा ठाकुर प्रसाद रिजाल कोषाध्यक्षमा सागर रिजाल रहेका छन् भने समितिको सदस्यहरुमा बालकृष्ण शर्मा, रामप्रसाद रिजाल, कृष्ण शर्मा, हरि के.सी. रामकृष्ण पौडेल,र दुर्गा प्रसाद शर्मा रहेका छन् । समुन्नत युवा क्लबका अध्यक्ष एकनाथ रिजालको अध्यक्षता उपाध्यक्ष सागर रिजालको स्वागत र सचिव ऋषिराम रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *