पञ्चे बाजा र नौमति बाजाको संरक्षण अभियानमा सांसद लम्साल !

माधब पराजुली, पर्वत २०७३ चैत १३ । जिल्लामा कम बजाईदै आएको नौमती र पञ्चेबाजा संरक्षणका लागी सांसद विकास लम्सालले स्थानीय पञ्चेबाजाका ११ सदस्यीय समुहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामाग्रि बितरण गरेका छन् ।

शनिवार आयोजित कार्यक्रममा सांसद लम्सालले आफ्नो रितिरिवाज, संस्कृतिलाई जर्गेना गर्नु सबैको दायीत्व भएको भन्दै बाजा बिना चाडपर्व शुभकार्यहरु खल्लो हुने हुदाँ पर्वतमा लोपोन्मुख पञ्चेबाजालाई संरक्षण गर्न आफुले पञ्चेबाजा र ड्रेस बितरण गरेको बताए ।उनले दलितले मात्र बाजा बजाउने संस्कारको अन्त्यहुनुपर्ने भन्दै बिभिन्न जातजाती बर्गका व्यक्तिहरुले पनि बाजा बजाई व्यवसायी बन्नुपर्नेमा जोड दिए ।

५ ठाउँका पञ्चे बाजाको समुह लाई बजा तथा ड्रेस बितरण गरिसकेका सांसद लम्सालले क्षेत्र नं.२ मा रहेका १९ जोली बाजाहरुलाई संरक्षणको लागी अभियाननै चलाएको बताए । आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ भनि लागेका दमाई समुदायका बृद्धहरुलाई युवा, अन्य समुदाय र सरकारले पनि उचित साथ र सहयोग गरे लोप हुन लागेको नौमती र पञ्चे बाजालाई संरक्षण गर्न टेवा पुग्ने उनको भनाई छ ।

विषेशगरी शुभ कार्य विवाह, ब्रतबन्धमा बजाईने नौमती र पञ्चे बाजा पछिल्लो समय धेरै परिवर्तन आएको छ । अहिले ब्यान्डबाजा, अडियो र भिडियोको प्रभावको चेपुवामा परेको नौमती र पञ्चेबाजा संरक्षणमा युवाहरु भन्दा पनि पहिले बजाएका र ज्ञान भएका बुढा पाका नै सक्रिय छन् ।

नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो । जसमा चारवटा अरू बाजा थपिएको हुन्छ । यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् । जसमा सहनाई र दमाहाका दुई–दुई वटा हुन्छन् । सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौजना बाद्य बादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमती बाजा भनिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *