जनयुद्धको बलिदान र त्यागबाट नेपाली महिलाहरुले ठुलो उपलब्धी हासिल गरे- रोका

कोपिला कंडेल, बागलुङ २०७३ चैत १२ । नेकपा माओबादी केन्द्र निकट अनेम सघं क्रान्तिकारीले आज बागलुङ नगर सम्मेलन सम्पन्न गरेको छ । गाउं नगर घरघर जाऔ, क्रान्तिकारी महिला संगठनलाई सुदिढ गरौ भन्ने नारासाथ नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले टिका बिकको अध्यक्षतामा २१ सदस्यीय अनेम सघं क्रान्तिकारी नगर कमिटी गठन गरेको छ ।

समितिको उपाध्यक्षमा जशोधा शर्मा, बिजुला उपाध्याय, सचिव ललिता थापा, सहसचिव चेत कुमारी शर्मा र कोषाध्यक्षमा नन्दकली श्रेष्ठ रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुमा साबित्री किसान, मायां थापा, यमुना पाठक, यमुना बिश्वकर्मा, श्रीमायां बिश्वकर्मा, कुमारी बिश्वकर्मा, सुशिला शर्मा, दुर्गादेबी शर्मा, शान्ति शर्मा, नारायणी देबी राजभण्डारी, सुमित्रा राना, गीता, खड्का, हिरा कुमारी बिश्वकर्मा, सुनिता शर्मा र उजेली बिक रहेका छन् ।

त्यसैगरी सम्मेलनले १ सदस्य पछि थप गर्ने गरी सरस्वती शर्मा, कोपिला कंडेल, बिष्णु बोहोरा र गंगा पराजुली रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सम्मेलनको उद्घाटन अनेम सघं क्रान्तिकारीका केन्द्रिय सचिव एबं बागलुङ जिल्ला ईन्चार्ज भबिकला रोकाले गरेकी थिईन । सो अवसरमा बोल्दै उनले जनयुद्धको बलिदान र त्यागबाट नेपाली महिलाहरुले ठुलो उपलब्धी हासिल गरेको दाबी गरेकी थिईन । माओबादीले जनयुद्ध गर्नाले मात्र मुलुकमा संघियता गणतन्त्र समावेसी र समानुपातिक लगायतका ऐजेण्डा स्थापित भएको चर्चा गर्दै महिला नेतृ रोकाले स्थानिय निकायको निर्वाचनमा महिलाहरुको उत्साह जनक सहभागिता हुनुपर्नेमा जोड दिइृन् ।

सो अवसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य एबं नगर ईन्चार्ज निर्मल श्रेष्ठ, अनेम सघं क्रान्तिकारीका केन्द्रिय सदस्य एबं जिल्ला अध्यक्ष कुशुम बुढा, केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य एबं नगर संयोजक कुमार बिक्रम क्षेत्री, केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य चेत नारायण पौडेल संकल्प, टिका बिक, राम बहादुर बिक र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम बेपत्ता परिवार समाज बागलुङकी अध्यक्ष जशोदा शर्माको अध्यक्षता, बिजुला उपाध्यायको स्वागत मन्तब्य र कल्पना शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच माओबादी केन्द्र जैमुनी नगरपालिाकाको सम्मेलन सम्मेलन भएको छ । सम्मेलनले कृष्ण भुजेलको नेतृत्वमा २१ सदस्यीय समिति नयां कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भैरव बहादुर छन्त्याल, सचिव कृष्ण पुन सहसचिव हुम बहादुर श्रीस र कोषाध्यक्षमा सरिता बहिक रहेका छन् । त्यसैगरीप्रेम छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गठन गरीएको नेकपा माओबादी केन्द्र जैमुनी नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य कृष्ण केसीले स्थानिय निर्वाचनलाई माओबादीको पक्षमा पार्नका लागि सबैलाई सशक्त भएर लाग्न आग्रह गरेका थिए । नेपालको राजनितिमा प्रमुख प्रतिपक्षी एमाले र मधेसबादीदलको अतिबादी चरित्र हावी भएको भन्दै उनले संबिधान संशोेधन द्धारा दुबैका समस्यालाई सरकारले सम्बोधन गर्ने दाबी समेत गरेका थिए ।

सो अवसरमा जैमुनी नगरपालिकाका ईन्चार्ज लाल बहादुर परियार, समाजसेवी टेग बहादुर पाण्डे, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपेन्द्र क्षेत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम नगर सम्मेलन आयोजक समितिका संयोजक कृष्ण भुजेलको अध्यक्षता, सदस्य दिलमायां पुनको स्वागत मन्तब्य र केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य झमान पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *