निर्वाचनमा केन्द्रीत भएर लाग्न कार्यकर्तालाई उर्जा सदस्य केसीको आग्रह !

बागलुङ, २०७३ चैत १० । नेकपा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसीले काठेखोला गाउँपालिका वडा नंं ३ (साविक धम्जा गाविस) मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन केन्द्रीत अभियानमा सक्रिय भएर लाग्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

देशको मुल राजनीति एमालेको नीति अनुसार चलेको र राजनीतिको केन्द्रभागमा एमाले नै भएको दावी गर्दै केसीले एमालेले सरकारमा रहदा र विपक्षमा बसेर गरेका जनप्रिय कामका बारेमा आम जनतालाई सचेत गराउन सम्पूर्ण पार्टी पंक्ति लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य तथा धम्जा इन्चार्ज अमरबहादुर थापाले आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट एजेण्डाका साथ अगाडि बढेको एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

भेलाले स्थानीय निर्वाचन केन्द्रीत कार्ययोजना निर्माण गर्नुका साथै साविक धम्जा गाविसका सबै वडालाई टोल कमिटि कायम गरी निर्वाचन परिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

निर्वाचनका लागि जिल्ला पार्टीले बनाएको योजना अनुसार काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडामा चैत १२ गते हुने आम सभालाई सफल पार्न वडा कमिटिको सक्रियता बढाउने लगायतका निर्णय गरेको एमालेका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *