निसी गाउपालिकाको कार्यालय शुभारम्भ गरेर अतिथी फर्की नसक्दै बृद्धमाथि मुक्का प्रहार !

कृष्ण कँडेल, २०७३ चैत १० । निसीखोला गाउँपालिका बोहरागाउँका एक ३२ वर्षिय युवाले ५८ बर्षिय ज्येष्ठ नागरिकलाई मुक्का प्रहार गरेका छन् ।
गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएपछि लामो छलफल गरेर जुग्जाखोलामा राख्ने सहमती गरि कार्यालय उद्घाटन गरेर बुर्तिबाङ फर्कने क्रममा प्रहरीको गाडी झण्डै १ सय मिटर तल आईपुगेको अबस्थामा आक्रमण भएको प्रत्यक्षदर्शी माओवादी केन्द्र निसीखोला गाउँपालिका संयोजक कुबिर विश्वकर्माले बताए ।

गाउँपालिकाको वडा नम्बर–३ का ३२ बर्षिय जुनबिक्रम शाहीले सोहि गाउँपालिका वडा नम्बर–२ काल्नेचौरका ५८ बर्षिय मनबहादुर घर्तीलाई गाउँपालिका उद्घाटन कार्यक्रममै आक्रमण गरि घाईते बनाएको प्रहरीले जनाएको छ । शाहीले मुक्काले हान्दा घर्तीको बायाँ आँखा माथिको भागमा गहिरो चोट लागेको छ । घर्तीको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।

जुग्जाखोलामा निसीखोला गाउँपालिकाको कार्यालय शुभारम्भ गर्ने कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा प्रमुख अतिथि थिए । कार्यक्रममा ईप्रका बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना, प्रहरी नायब निरीक्षक नारायण शर्मा र ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवार सहित झण्डै एक दर्जन प्रहरी थिए ।

सामान्य कुराकानीको क्रममा शाहीले एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने शाहीलाई प्रहरीले पक्राउ गरि ईप्रका बुर्तिबाङमा ल्याएको छ ।

घटनाको बारेमा थप अनुसन्धान गरि शाहीलाई सार्बजनिक अपराध मुद्दा दर्ता गरिने ईप्रका बुर्तिबाङका प्रमुख प्रनि कृष्ण रानाले बताए ।
राजनितिक दलका नेता, सयौँ स्थानियवासी तथा पत्रकार सहभागी सार्बजनिक कार्यक्रमा आफ्नै अगाडी आक्रमण हुनु प्रहरीका लागि सुरक्षा चुनौती भएको रानाको भनाई छ ।

घटनापछि आफुलाई राजनितिक स्तरबाट चर्को दवाव आएको भन्दै अपराधिलाई कुनै हालतमा नछोड्ने प्रहरी प्रमुख रानाले बताए । शाही गाउँपालिकाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने भन्दै निसी र बोहरागाउँका कतिपय राजनितिक दलले गरेको आन्दोलन कार्यक्रमको संयोजक थिए् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *