साउन देखी फागुन ८ महिनामा बागलुङमा १४ सवारी दुर्घटना, १२ जनाको ज्यान गयो !

ट्राफिक निमय उल्लंघनगर्ने ५३ सय चालक कार्बाहीमा : ३१ लाख ६२ हजार राजश्व संकलन !

बागलुङ २०७३ चैत १० । बागलुङ जिल्लामा चालु आवको साउन देखी फागुन (८ महिना) मा १४ सवारी दुर्घटना भएका छन भने दुर्घटनामा परी एक महिला सहित ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बागलुङले दिएको जानकारी अनुसार गत २०७२/०७३ आबमा २५ सवारी साधन दुर्घटनामा परेका थिए भने ६ महिला र ५ पुरुषको ज्यान गएको थियो ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका अनुसार साउन देखी यस वर्षको फागुन सम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार २ सय ८३ जना सवारी चालक कार्वाहीमा परेका छन् भने उनिहरुबाट ३१ लाख ६२ हजार ५ सय रुपयाँ राजश्व संकलन भएको छ । जबकि आर्थिक बर्ष २०७२/७३ मा ५ हजार ४ सय ९४ जना सवारी चालक कारवाहीमा परेका थिए भने उनिहरुबाट २२ लाख ६२ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख छवबहादुर घर्तीका अनुसार चालु आर्थिक वर्षको साउन देखी फागुन ८ महिनामा मादक पदार्थ सेवन गरेका ७३ जना चालक कार्बाहीमा परेका छन् । उनिहरुबाट जनही १ हजार रुपयाँ जरिवाना गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *