गल्कोट नपा र काठेखोला गापाको सीमानामा प्रवेशव्दार निर्माण गरिने !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत ६ । गल्कोट समाज जापानको आर्थिक सहयोग र गल्कोट समाज गल्कोटको स्थानिय ब्यवस्थापनमा प्रबेशव्दार निर्माण गरिने भएको छ । गल्कोट समाज गल्कोटको आईतवार सम्पन्न बिस्तारित बैठकले गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको बिच बिहुँ घोँडाबाधेमा निर्मित भ्यु टावरमा गल्कोट नगरपालिको प्रबेशव्दार निर्माण गर्ने निर्णय गरेको छ ।

प्रवेशव्दारा निर्माणका लागी गल्कोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । समितिको सदस्यहरुमा नर बहादुर थापा, अर्जुन चोखाल, देबेन्द्र खत्री, गुमानसिह बुढाथोकि, पुर्ण चोखाल, ओम खत्री, हिरा बहादुर घर्तिमगर र ढालिन्द्र प्रसाद गौतम रहेका छन् ।
सो अवसरमा ढालिन्द्रप्रसाद गौतमको संयोजकत्वमा संस्थाले संस्थापक सदस्य बन्नका लागी तोकेको रकम चैत मसान्त भित्र संकलन गर्न जिम्मेबारी प्रदान गरेको छ ।

गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम गल्कोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डेको अध्यक्षता, उपाध्यक्ष पदम श्रेष्ठको स्वागत मन्तब्य र सहसचिव पुर्ण चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *