सिफारिस भन्दा बाहिर गएर लेते केन्द्र अदलबदल गरिएकोमा बिरोध !

केशव बि.क मुस्ताङ २०७३ चैत ४ । सरकारले राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुनर्ससंरचना सम्वन्धी सूचनामा जिल्लामा सर्वदलीय सहमति अनुसार आयोगमा सिफारिस गरि पठाएको गाउँपालिकाको केन्द्र अदलबदल गरिएको पाईएपछी लेतेका स्थानीयवासी बिरोधमा उत्रिएका छन् । संघीय संरचना अनुसार प्रदेश नं. ४ मा पर्ने मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको केन्द्र परिवर्तन भएपछि बिरोध भएको हो ।

मुस्ताङ जिल्लाबाट सर्वदलीय सहमति अनुसार पठाईएको गाउँपालिकाको केन्द्र फरक परेको नेपाली काँग्रेसका जिल्ला कमिटि सदस्य यवं लेतेका पूर्व गाविस अध्यक्ष बुद्धि प्रसाद शेरचनले बताए । थासाङ गाउँपालिकाको केन्द्र लेते हुनु पर्नेमा कोवाङ भएर आएको शेरचनको भनाइ छ ।

जिल्लामा भएको सर्वदलीय वैठकले थासाङ गाउँपालिकाको केन्द्र लेते राख्ने सहमति गरेर पठाएको थियो । तर सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक कोवाङ गाविस कार्यालय उल्लेख भएको भन्दै पुर्नविचार गर्न स्थानिय प्रतिनिधिहरुले माग गरेका छन् ।

गाउँपालिकाको लागि तोकिएको मापदण्दहरु पुरा भएको तथा कुञ्जोको पैरोथाप्ला तथा टुकुचेको मध्ये भागमा रहेको लेतेलाई गाउँपालिकाको केन्द्र बनाउँदा सबै जनतालाई पायक पर्ने र इलाका स्तरका कार्यालयहरु भएको र थप कार्यालयहरु संचालनका लागि समेत प्रशस्त जग्गा भएको भन्दै सर्वदलीय सहमति अनुसार पुर्नसंरचना थासाङ गाउँपालिकाको केन्द्र लेतेमा कायम गर्न स्थानीयले माग गरेका हुन् ।

मुस्ताङका ५ गाउँपालिकामा को को तोकिए प्रमुख ?

संघीय नेपालको संरचना अनुसार फागुन मसान्त देखि मुस्ताङ जिल्लामा ५ गाउँपालिका कायम भएका छन । जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन । यस भन्दा अगाडी मुस्ताङ जिल्लामा एक जिल्ला विकास समिति र १६ गाउँ विकास समितिहरु थिए ।

जिल्ला समन्वय समितिका प्रमुख बन्धु प्रसाद बास्तोलाले थासाङ गाउँपालिकामा गोविन्द प्रसाद अर्याल, घरपझोङ गाउँपालिकामा प्रेमप्रसाद पौडेल, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा यज्ञप्रसाद शर्मा गोतामे, दालोमे गाउँपालिकामा शिव बहादुर थापा र लोमान्थाङ गाउँपालिकामा परमेश तेलीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताएका छन् । गाविस हाल जुन गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन ।

जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ । स्थानीय तह पुनःसंरचना गर्दा केन्द्र जहाँ कायम भएको छ सोही स्थानमा नै कार्यालय बस्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *