रंगिन युवा क्लबको दशौँ वार्षिकोत्सव एवं होली कार्यक्रम सम्पन्न !

कुम्बिर बिश्वकर्मा २०७३ चैत २ । निसीखोला गाउँ पालिका बोहरागाउँ झिवाखोला स्थित रंगिन युवा क्लबले आफ्नो दशौँ बार्षिकोत्सब एबं फागु पुर्णिमा होलीको अबसरमा आयोजना गरेको विबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

क्लबले आयोजना गरेका प्रतियोगिता मध्य क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता सनराइस युवा क्लब जुग्जा खोला प्रथम स्थान हासिल गर्न सफल भयो भने राइजिङ युवा क्लब ,बुर्तिबाङ व्दितीय स्थानमा चित्त बुझाउन पयो । ह्याप्पी योङ हर्ट युवा क्लब हर्पे युवा क्लब खेलमा उपस्थिति हुन नसक्दा बाताबरण संरक्षण मन्च बोहरागाउ स्वत तृतीय भएको छ।

त्यस्तै हिजो भएको रंगिन आइडल डान्स प्रतियोगिता मा ११ जना प्रतियोगीहरुको सहभागी रहेकोमा बिपना थापा मगर प्रथम र जनक थापा मगर व्दितिय र अनिता बुढा मगर तृतीय भएका छन् ।

३ समुह्को सहभागीता रहेको समुह डान्स प्रतियोगितामा झिवाखोला डान्स ग्रुप प्रथम, अनिता बुढा मगरको ग्रुप व्दितिय र दुर्गा डान्स ग्रुप तृतीय भएको छ ।

समापन कार्यक्रममा क्लबका अध्यक्ष रमेश बिक्रम शाहीको अध्यक्षता र समाजसेवी एबं सस्थापक अध्यक्ष तुल्सिराम रेग्मीको प्रमुख आथित्यता र स्थानीय राजनीतिक पार्टी प्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रतिनिधि ,स्थानीय ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

समापन कार्यक्रमको सन्चालनभने क्लबका सदस्य मिलन हमालको गरेका थिए। आयोजित कार्यक्रम मध्य मायालुभाकामा लोकदोहरी भने समयाभावका कारण हुन नसकेको आयोजकले बताए । बिजयी प्रतियोगीहरुलाइ पुरस्कार बितरण एबं सम्मान गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *