माध्यमिक शिक्षा परीक्षा मर्यादित बनाउन आचार संहिता जारी : ६,१२९ परीक्षार्थी सम्मिलित हुँदै !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १ । जिल्ला शिक्षा कार्यलय बागलुङले यही चैत ३ गते देखी सुरुहुने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) साविकको SLC परीक्षा मर्यादित तथा अनुशाषित बनाउन बाईस बुँदे आचार संहिता जारी गरेको छ ।

जिल्ला शिक्षा कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले जिल्ला परिक्षा समन्वय समिति बागलुङबाट माध्यमिक शिक्षा परिक्षा (SEE) २०७३ को संचालन र व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुले पालन गर्नुपर्ने आचार संहिता जारी गरेका हुन् ।

परिक्षा नियन्त्रण कार्यलयले विद्यार्थीहरुमा बालमैत्री व्यवहार गर्नै, प्राथमिक उपचारको व्यवस्था मिलाउन , छात्राहरुको लागी सेनेटरी प्याडको व्यवस्थापन गर्न केन्द्राक्षहरुलाई निर्देशन गरिएको जिल्ला शिक्षा अधिकारी मिश्रले जानकारी दिए ।

परिक्षामा छात्राहरुको स्वास्थ्य सहजतालाई ध्यानमा राखेर महिला तथा बालबालिका कार्यलय र बालकल्याण समिति बागलुङको सहयोगमा ३१ वटै परिक्षा केन्द्र प्रति ३२ वटाका दरले सेनेटरी प्याड प्रत्येक परिक्षा केन्द्रमा पठाइएको पनि उनले बताए ।

शिक्षा ऐन २०२८ नियमावली २०५९ केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०७३ लगाएतका अन्य प्रचलित कानुन नितिगत व्यवस्था एवंम निर्दैशनहरुको अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । परिक्षार्थीहरु अनिवार्य विद्यालय पोशाकमा उपस्थित हुनुपर्ने, परिक्षा हलमा मोवाइल लैजान नपाईने लगाएतका २२ बुधे आचार संहिता लागु गर्ने भएकोछ । मंगलबार सम्ममा सबै परिक्षाकेन्द्रहरुमा प्रश्नपत्र र उत्तर पुस्तीका पु-याईने छ ।

SEE परिक्षामा ६ हजार १ सय २९ जना परीक्षार्थीहरु सहभागी हुने बताईएको छ । परीक्षार्थीहरुमा नियमिततर्फ ५ हजार ४ सय ९७ जना, आँशिक ग्रेडवृद्धि तर्फ ५ सय २४ जना, एक्जाम्प्टेडतर्फ १ सय ८ जना, ५ जना दृष्टिविहिन र १८ जना बहिरा विद्यार्थी रहेको कार्यालयले जनाएको छ।
यस बर्षको एसइइ परिक्षा संचालनको लागी बागलुङमा ३१ वटा परिक्षा केन्द्रमा ३१ जना केद्राध्यक्ष ३३ जना शाहयक केन्द्राध्यक्ष २ सय ६० जना निरिक्षक १ सय ४० जना सहयोगी कर्मचारी निर्धारण गरेको छ ।

करीब ३ सय १० जना सुरक्षाकर्मी र ४५ जना अनुगमनकर्ताहरुको व्यवस्थापन र परिचालन गरिने भएको पत्रकार सम्मलन जानकारी गराईएको थियो ।

परिक्षा विहान ८ बजेदेखी सुरु हुने जिल्ला परिक्षा समन्वय समिति बागलुङले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *