जनउत्थान साकोस रुपन्देही र सिवाईसी साकोस बागलुङ विच अन्तरक्रिया !

सुमन जि.सी, बागलुङ, २०७३ फागुन ३० । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. रुपन्देही र सिवाईसी साकोस बागलुङ विच आईतवार बागलुङ बजारमा दुई संस्थाले सञ्चालन गरेका गतिविधिहरुको बारेमा एक आपासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सिवाईसी साकोसले सञ्चालनमा गरेका नविनत्म र नयाँ प्रयासहरुलाई अनुसरण गरी आफ्नो संस्थामा लागु गर्ने र आफ्नो संस्थाले गरेका गतिविधिहरुको बारेमा सिवाईसीलाई जानकारी गराउने उद्देश्यले जनउत्थानको स्थलगत भ्रमणका लागि सिवाईसी रोजाईमा परेको प्रवन्धक रनवहादुर पुनले जानकारी गराए ।

उनले भ्रमणको आसा अपेक्षाको बारेमा जानकारी गराउदै सिवाईसीवाट संस्थाले सञ्चालन गरेका समग्र गतिविधिहरु संगसंगै संस्था एकीकरण, भाखा नाघेको ऋण न्यूनिकरण, सामाजिक सुरक्षा तथा मानविय समवेदनमा संस्थाले गरेका कार्यहरु, संस्थाले प्रदान गर्ने सेवा सुविधाहरु, ३६५ दिने कारोवार सञ्चालन प्रकृया लगाएतका विषयमा जानकारी लिने अपेक्षा रहेको बताए भने सिवाईसी साकोसले सञ्चालन गरेका गतिविधि तथा समग्र जिल्लाको सहकारी अभियानको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

उनले सिवाईसीको सुरुवात, संस्था सञ्चालन प्रकृया, संस्थाले प्रदान गर्दै आईरहेको वित्तीय तथा गैर वित्तीय सेवाहरु, सदस्यहरुको सन्तष्टीका क्षेत्रमा गरेका कार्यहरु, सामाजिक सुरक्षा तथा मानविय समवेदनमा संस्थाले प्रदान गर्दे आईरहेका सेवा सुविधा, संस्थाको भावि कार्यदिशा लगाएतका विषयमा प्रष्ट पारेका थिए । अन्तरकृया कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक दामोदर अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गाप्रसाद ढकालको संयोजकत्वमा भ्रमणमा आएको टोलीले भ्रमण संगसंगै बागलुङमानै आफ्नो संस्थाको संस्थागत विकास तालिम पनी सञ्चालन गरिरहेको छ । जनउत्थान साकोस नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले सञ्चालन गरिरहेको पुर्ण तथा व्यवसायीक साकोस (प्रोवेसन) नेपाल स्तरको ब्राण्ड प्राप्त संस्था रहेको छ ।

कार्यक्रम संस्थाको अध्यक्ष पौडेलको अध्यक्षता, नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक अधिकारीको प्रमुख आतिथ्यता र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *