वामीको सेरामा ट्रक फस्दा रिडी-रुद्रवेणी-वामीटक्सार सडकखण्ड अबरुद्ध !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७३ फागुन २८ । । शुक्रबार बिहानै बाट परेको बर्षाको कारण वामी शेरामा ट्रक फसेको कारण रिडी रुद्रवेणी वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । सडक अबरुद्ध भएको करिब २४ घण्टा भन्दा बढी भैसक्दा पनि यातायात सुचारु हुन सकेको छैन ।

प्रहरी चौकी वामीका प्रमुख लाल कुमार श्रेष्ठले सडक खुलाउनको लागि स्काभेटर पठाउने प्रयास भइरहेको बताउदै आज पनि सडक खुल्न नसक्ने बताए ।
यसैबिच मोटरबाटो निर्माणको ठेक्का लिएका ठेकेदार भागवत गिरीलाइ सम्पर्क गर्दा आफुलाइ सडक अबरुद्ध भएको बारे कुनै जानकारी नभएको बताए ।

यसैबिच बर्षाले सडक हिलाम्य भएको कारण समस्या उत्पन्न भएको छ । पानी नपर्दा धुलोले समस्या हुने सडकमा पानी परेपछि हिड्नै नसक्ने गरी हिलो थुप्रिएको छ । जसले गर्दा यात्रा निकै असहज भएको छ ।

सडक अबरुद्ध हुँदा बुटवल देखी बागलुङको बुर्तिवाङसम्मका यात्रुहरु प्रभावित बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *