किशोरीको शव फेला परेको दुई दिन नवित्दै गुल्मीमा युवकको शव फेला !

प्रेम सुनार, गुल्मी, २०७३ फागुन २७ । कालिगण्डकीमा एउटी किशोरीको बेवारिसे शव फेला परेको दुई दिन नवित्दै फेरी गुल्मीमा अर्का युवाको शव आज विहान फेला परेको छ । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार रेसुङ्गा नगरपालिका–४ अर्खलेको रेग्मीखर्क भन्ने भिरमा अन्दाजी ३५ वर्षिय युवाको वेवरिसे शव फेला परेको हो ।

कालो हुट ज्याकेट कालो पाईन्ट लगाएको कालो रङ्गको व्यक्ति भएको यादवले बताए । यता ठुलोलुम्पेक–८ स्थित कालिगण्डकी नदी किनारमा अन्दाजी १६ वर्षिया किशोरीको शव फेला परेको दुई दिन वित्दा पनि पहिचान हुन नसकेको प्रहरीले जनाएका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *