अहिलेको अबस्थामा स्थानीय तहको चुनाव हुन्छ भन्नेमा अझै शंका – नेता पौडेल

महेन्द्र केसी, पर्वत २०७३ फागुन २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्तर र दक्षिण ध्रुवका विखण्डनकारी मिलेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाएका छन् । एमाले र मधेसी मोर्चालाई उत्तर र दक्षिण ध्रुवका विखण्डनकारीको संज्ञा दिदै उनले यस्तो अरोप लगाएका हुन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन गराउनको लागि सरकार लागि रहेको बेलामा मधेसी मोर्चा र एमालले पहिले संसदको चुनाव गराउनुपर्छ भन्दै अबरोध गर्नु देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हो उनले भने ।

बागलुङको कुस्मीसेरामा हुन लागेको आजको सभालाई सम्बोधन गर्न आएका पौडेलले पर्वत कुस्मा बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले एमालले अहिलको अबस्थामा मेची महाकाली जागण अभियानको नाउमा देशमा अतिबाद लाद्न खोजेको आरोप लगाए ।

अभियानका क्रममा मधेसमा भएको घटनाप्रति उनले लक्षित गर्दै भने एमालेले नेपालीलाई हिमाल, पहाड र तराईमा विभाजन गर्न खोजेको छ तर नेपाली काँग्रेसले सवैलाई समान देखेको छ । एमाले मधेसी मोर्चा र नागरिकको अधिकार र अस्तित्व स्वीकार नगर्ने निषेधको राजनीति गरेकोले अहिलेको अबस्थामा स्थानीय तहको चुनाव हुन्छ भन्नेमा अझै पनि स्पष्ट भन्न नसकिने बताए ।

उनले चुनावको लागि एमालेका कारण अझै बातावरण तयार नभएको बताए । उनले मधेसी मोर्चाको माग सम्बोधन गर्नुको विकल्प नभएको भन्दै निषेधको राजनीति कसैले गर्न नहुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *