‘महिलाको नेतृत्व स्थापित गर्न, स्थानीय निर्वाचन’

बागलुङ, २०७३ फागुन २४ । महिलाहरुको हक अधिकार स्थापित गर्नका लागि नीति निर्माण गर्ने तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि स्थानीय निर्वाचन आवश्यक रहेको मंगलवार बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

एक सय सातौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर अखिल नेपाल महिला संघ बागलुङले बानपा–५ तातोपानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

राजनीतिक दलहरुले आगामी स्थानीय निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान राखेर महिलालाई नेतृत्वमा ल्याउने वातावरण बनाउन लागेको भन्दै उनीहरुले तोकिएकै समयमा स्थानीय निर्वाचन सम्पन्न गर्न माग गरे ।

नीति निर्माण गर्ने तहमा महिलाको नेतृत्व नहुदाँ महिलाका कतिपय सवाल ओझेलमा परेको भन्दै सहभागीहकरुले आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा महिला पुरुष समान सहभागिता बनाउनु पर्नेमा जोड दिएका थिए ।

महिलालाई समान अधिकार स्थापित गर्नका लागि आर्थिक रुपमा सक्षम तथा सामाजिक रुपमा अग्रसर बनाउने खालका अभियान सञ्चालन गरिनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ अन्तरगत गरिवी निवारण सशक्तिकरण तथा आृिर्थक विभागका केन्द्रीय सदस्य गंगा शर्मा, एमाले जिल्ला सचिवालय सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभाग प्रमुख अञ्जु जि.सी, अखिल नेपाल महिला संघ नगर समितिका अध्यक्ष लक्ष्मी बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष सावित्रा रानाको अध्यक्षता, सचिव अम्बिका रेग्मीको स्ञ्चालन र नेकपा एमाले बानपा ५ वडा कमिटिका उपसचिव सुष्मिता किसानको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *