गाउँको पर्यटन प्रबर्धनका लागि जागरण दैनिकको वार्षिकोत्सव फापरखेतमा !

बागलुङ २०७३ फागुन २४ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले प्रकाशन गर्दै आइरहेको धौलागिरि जागरण दैनिकको दशौ वार्षिकोत्सव सोमबार तंग्राम गाविस–९ फापरखेत सम्पन्न भएको छ ।

सहकारी मार्फत सञ्चार र आर्थिक विकास भन्ने मुख्य उदेश्यका साथ आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर पत्रिका प्रकाशनसंगै वचत तथा ऋण लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

जिल्लाको सदरमुकाम बागलुङ बजारबाट प्रकाशित पत्रिकाको वार्षिकोत्सव हरेक वर्ष ग्रामिण क्षेत्रमा गरिदै आएको छ । ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यका साथ गाउँ गाउँमा पुगेर वार्षिकोत्सव मनाउने गरेको पत्रिकाका सम्पादक रामबहादुर जिसीले बताए ।

सदरमुकाममा होटल तथा सभाहलहरुमा मनाइने दिवस तथा वार्षिकोत्सव भन्दा ग्रामिण क्षेत्रमा पुगेर कार्यक्रम गर्दा गाउँमा रहेका स्रोत साधनका बारेमा जानकारी लिनुका साथै पत्रकार र स्थानीयवासी बीचको सम्बन्ध विस्तार हुने भएकाले यो अभियान फलदायी बन्दै गएको उनको भनाइ थियो ।

सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड तंग्राम–९, फापरखेतले संयोजन गरेको कार्यक्रमका सहभागीहरुले गाउँको विकासका लागि सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बन्नु पर्नेमा जोड दिए ।

शिक्षा,, स्वास्थ्य, रोजगार, कृषि, पशुपालन, विद्युत लगायत स्थानीय स्रोतहरुको पहिचान, उत्पादन, बजारीकरण र प्रशोधनमा सहयोग पु¥याउन सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।

९० प्रतिशत जनजातीको बसोबास रहेको तंग्राम गाविस विकासको संभावना रहेको गाविस भएपनि नीति निर्माणकर्ताहरु र सञ्चारमाध्यमको समेत ध्यान नपुग्दा ओझेलमा परेको उनीहरुले बताए ।

वार्षिकोत्सव समारोह कार्यक्रमममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सहकारी मार्फत व्यवस्थापन गरेर सञ्चारमाध्यमको संस्थागत विकासमा आदर्श सञ्चारले गरेको काम उदाहरणीय रहेको बताउदै पत्रिकाले ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नुका साथै स्थानीय स्रोतको पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखेर खोजमुलक पत्रकारितालाई प्राथमिकता दिन आग्रह समेत गरे ।

कार्यक्रममा तंग्राम गाविसका सचिव पहलमान थापाले तंग्राम गाविसको अवस्था, विकासका संभावना र आगामी योजना लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डील बहादुर कार्की, नेपका एमालेका जिल्ला सदस्य श्याम बहादुर पुन, नेपाली कांग्रेस तंग्रामका सभापति यमदत्त कंडेल, नेकपा एमाले तंग्राम गाउँ कमिटि अध्यक्ष रन बहादुर थापा, नेकपा माओवादी केन्द्र तंग्रामका सचिव जीत बहादुर पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लक्ष्मण पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी तंग्रामका अध्यक्ष मन बहादुर पुन, आदर्श सञ्चार सहकारीका शेयर सदस्यहरुको तर्पmवाट याम बहादुर पुन, दलित सञ्जाल तङ्ग्रामका टिका संगम वि.क, जनजाकी समन्वय समिति तंग्राममा संयोजक थम बहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी प्रगतिशिल पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रसाद शर्मा, प्रेस युनियन बागलुङका उपाध्यक्ष प्रदिप पन्त, प्रेस सेन्टर बागलुङका सचिव खगेन्द्र विश्वकर्मा, प्रेस चौतारी नेपालका जिल्लासदस्य विक्रम सुनार, सुनगाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिर बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था तंग्रामका अध्यक्ष थम कुमारी श्रीसले संस्थाका बारेमा जानकारी गराएकी थिईन । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्था तथा धौलागिरि जागरण पत्रिकाको बारेमा सम्पादक राम बहादुर जि.सीले जानकरी दिएका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अम्मर बहादुर थापा, सञ्चालन उपाध्यक्ष अञ्जु जि.सी र स्वागत सञ्चालक योगेन्द्रराज पराजुलीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *