प्रवास: लोकतन्त्रमा, राजनीति परिवर्तनको पाटो भएकोले महिलाहरु राजनीतिमा लाग्न जरुरी !

संगिता कुवँर, जापान २०७३ फागुन २३ । प्रवासमा रहेर पनि राजनीति, पत्रकारिता एवं सामाजिक संस्थाहरुमा महिलाको सहभागीता कम भएकोमा एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।

१०७ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा महिला समुह जापानले ५ मार्च आईतवार आयोजना गरेको ‘जापानका संघसंस्थामा महिलाको सहभागीता’ बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो वताएका हुन् ।

सहभागीले जापानमा रहेका अधिकाशं महिला कुनै न कुनै हिसांको शिकार बन्न बाध्य भएपनि त्यो पीडा बाहिर ल्याउने माध्यम नभएको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली राजदतावास जापानका तृतिय सचिव रेवन्त केसीले महिलाहरु पनि अधिकारका लागी स्वयं सक्षम बन्नुपर्ने कुरामा जोड दिए ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले महिलाहरुका पीडा गुनासा जापानमा धेरै आउने गरेको र ती पीडामा मल्हम थप्ने हाम्रो प्रयास पनि सधै रहने बताउदै आगामी दिनमा अधिकारका लागी महिलाहरुको आवाज एक हुनुपर्ने बताए ।

एनआरएनए ICC महिला सदस्य कालिका थापाले महिला महिला बिच एकता जरुरी रहेको बताउदै प्रवासमा रहेका पीडित महिलाहरुको उद्दार र न्यायको लागी हामी महिला शक्ति एकजुट हुनुपर्नेमा जोड् दिईन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पवनवर्षा शाहले अब सचेत शिक्षित महिला परिवर्तनको लागी राजनीतिमा होमिन अनुरोध गरिन। उनले लोकतन्त्रमा राजनीति परिवर्तनको पाटो भएकोले राजनीतिमा लाग्न अपिल समेत गरेकी थिईन् ।

स्थानिय निकायको चुनावमा प्रवासमा रहेका महिलाहरुलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ त्यसबारे पनि बहस हुनु आवश्यक रहेको उनको भनाई थियो ।
जापानका लागी नेपाली पर्यटन दुत अनुज थापाले पुरुषहरु जन्मदिने आमा जस्तै संझेर महिलालाई पनि अबसरका लागी प्रोत्साहन गर्नेभएकोले नेतृत्व संहाल्न अब महिला सक्षम र शिक्षित बन्नुपर्ने समय आएको वताए । राजनितिक दलका प्रतिनिधिहरुले देशको प्रमुख तहमा महिलाको प्रतिनिधित्व रहेकोले अब सबै महिला आफु पनि नेतृत्व संहाल्न सक्छु भनेर अगाडी बढ्नु पर्ने उनको सल्लाह थियो ।

कार्यक्रममा जनसंम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष राजेन्द्र जमरकट्टेल, ओएनएफ जापानका सचिव जीवन अर्याल, अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्ना, नेपाल पत्रकार महासंघ जापानका उपाध्यक्ष बेलुकाजी थापा ,अनेसास जापानका महासचिव दिप पाठक, एभरेष्ट स्कुलकी शिक्षिका जानुका खतिवडा, ईन्दु गौतम लगाएतले शुभकामना तथा प्रवासमा महिला सहभागीताको बारेका मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रम कमला काप्रीको स्वागत, कार्यक्रम संयोजक सरिता ढकालको अध्यक्षता एवम संगिता कुवँरको संचालनमा संम्पन्न भएको थियो ।

कार्यक्रममा कलाकार तथा जापानमा कलम चलाउदै गरेका महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *