हिलमा रहेको देउराली युवा क्लबले आयोजना गरेको तीज कायक्रम सम्पन्न !

मन्दिप निउररे, ताराखोल २०७५ भदौ २८ । ताराखोला गाउँपालिका ३ हिलमा रहेको देउराली युवा क्लबले आयोजना गरेको तीज कायक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कायक्रमलाई सम्बोधन गर्दै महिलाहरुको महान पर्ब हरितालिका तीजको सम्पुर्णलाई शुभकामना दिदै महिलाहरुको महान पर्ब हरितालिका तीजको अबसरमा यस्तो किसिमको कायक्रम गर्दा सबै दिदीबहिनी एकै ठाँउमा भेट हुन पाउदा सस्कृतीको जगेना हुनुको साथै आित्मयता बढने समेत बताए । ताराखोला गाउपालिका लाई नमूना गाउँपालिका बनाउने काम अगाडि बढीरहेको हुनाले सबैले सहयोग गर्न आग्रह गर्दै गाउपालिका अध्यक्ष घर्तीले महिलाहरुलाइ सिप मुलक काम गर्न बाताबरण सिर्जना गर्न पर्ने बताए ।

ताराखोला गाउँपालिका ३ का वाड अध्यक्ष दिल बहादुर बस्नेतले नारीहरुसङ्ग हातेमालो गरेर मात्रै देश बिकास गर्न सक्ने बताए का थिए । कायक्रमको अबसरमा आयोजना गरिएको वाड स्यरीय पुरुष भलिबल प्रतीयोगीता १४ समुहको सहभागिता रहेकोमा देउराली युबा क्लब प्रथम साउने मेला व्दितीय भएका छन , तेस्तैगरी तीज गित प्रतियोगितामा ठ७ समुह को सहभागीता रहेकोमा प्रथम देउराली युबा क्लब दितीय दोफ्ता आमा समुह तृतीय गुफा युवा क्लब, एकल नृत्य प्रतोयोगीतामा ७ जनाको सहभागीता प्रथम र दितिय अस्मिता बस्नेत करेसामा क्षत्री तृतीय अङिजीता बस्नेत । भएका थिए

कायक्रम देउराली युबा क्लबका अध्यक्ष दिपक खत्रीको अध्यक्षता क्लबका सदस्य रुपा खत्रीको स्वागत मन्तव्य पत्रकार मन्दिप निउरे र सबिता खत्रीको संचालक मा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *