जनताले सोचे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निरासा छायो – सांसद बोहोरा

भरत सापकाेटा, बागलुङ २०७५ भदाै २७ । सृजना साँस्कृतिक युवा परिवार बिहुँकोट जुकेपानीले आयोजना गरेको हरितालिका तीज मेलाकाे प्रमुख अतिथि प्रदेशसभा सांसद कोपिला बोहोराले आज उद्धाटन गरेकी छन् ।

बागलुङ जिल्लाको काँठेखोला गाउॅपालिका वडा ५ बिहुँकोट जुकेपानीले आयोजना गरेको उक्त कार्यक्रमकाे उद्धाटन पछी बाेल्दै प्रमुख अतिथि नेपाली काग्रेसकी तेतृ एवं प्रदेश सभा सांसद बोहोरा जनताले सोचे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा िनराशा छाएकाे बताइन । जनताले भाेगीरहेकाे सास्तीमा जनताको मन जित्न नसकेको जिकिर गर्दै आफु जनताको सुख र दुख दुबैमा साथ दिने बताइन । उनले आफ्नो पार्टीको जमनत कम हुदा जनतालाई बोलेका कुरा समेत पुरा गर्न नसक्ने अबस्था आएकोले जनतामा केहि निरासा छाएको बताइन ।

सो कार्यक्रममा दलित संध का जिल्ला सभापति तारा वि क गाउंकार्यपालिका सदस्य हेमलाल बिक वडा सदस्यहरु खगिसरा न्यौपाने शिवलाल कडेंल नेपाल दलित संघका केन्द्रिय सदस्य हर्कमान विश्वकर्मा भिमलाल वि क डिल बहादुर सुनार देबिराम वि क भरत सापकोटा लगाएतले बोलेकाे कार्यक्रम आश्विन १ गते सम्म चल्ने जानकारी दिईएको छ।

जंगबहादुर वि क को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन लाल बाहादुर सुनार र स्वागत मन्तब्य सुिशला वि ककाे रहेको थियो।
६ दिन सम्म चल्ने सो कार्यक्रममा साविका वडा स्तरिय पुरुष भलिबल तीज गीत प्रतियोगिता एकल तृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने आयोजकव्दारा जानकारी दिईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *