महिला हिँशा बिरुद्ध निरन्तर कलम चलाउने पत्रकार रविना बोहोरा सम्मानित !

अर्जुन ढकाल, बागलुङ २०७५ भदौ २७ । नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङमा काम विशेषले आएका महिला सेवाग्राहीलाई पमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले खादा ओढाएर सम्मान गरेका छन् ।

कार्यालयमा सर्वप्रथम आउने दुई जना महिला सेवाग्राही गल्कोट नगरपालिका-६ की लक्ष्मी केसी उप्रेतीलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपी राहदानी द्रूत सिफारिस गर्दै सेवाग्राही उप्रेतीलाई खादा ओढाई सम्मान गरेका हुन् भने जैमिनी नगरपालिका दमेककी सेवाग्राही सिर्जना श्रीस तथा लैँगिक हिँशा न्यूनीकरण डेस्कको जिम्मेवारी लिएकी अधिकृत लक्ष्मी शर्मालाई पदीय जिम्मेवारीको शुभकामना दिँदै खादा ओढाएर सम्मानित गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

यसैवीच जिल्लामा महिला हिँशा विरुद्ध निरन्तर कलम चलाउदै आएकी पत्रकार (बीबीसी समाचारदाता) रविना बोहरालाई प्रजिअ खरेलले एक समारोहका वीच खादा ओढाएर सम्मानित गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *