लैंगिक हिँशा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, बागलुङमा छुट्टै डेस्क स्थापना !

बागलुङ २०७५ भदौ २७ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङमा ‘लैँगिक हिँशा न्यूनीकरण डेस्क’ स्थापना गरिएको छ । यस डेस्कको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बोर्ड वाचन गरेर विधिवत उद्घाटन गर्दै लैंगिक हिँशाबाट पीडित सेवाग्राहीहरुलाई सरल र सहज किसिमले सेवा प्रवाह होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बागलुङको हाता भित्र सो डेस्क स्थापना गरिएको जानकारी दिए ।

प्रजिअ खरेलले बिभिन्न हिँशाबाट पीडित महिलाहरुले आफ्ना समस्याहरु पुरुष कर्मचारी समक्ष खुलस्त भन्न असजिलो हुने हुनाले अधिकृत स्तरीय महिला कर्मचारीको नेतृत्वमा लैँगिक हिँशा न्यूनीकरण डेस्क सन्चालनमा ल्याईएको बताए ।

घरेलु हिँशा, बलात्कार, बहुबिबाह, बालबिबाह, दाईँजो, कुटपीट, बोक्सीको आरोप लगायतका महिला एवं बालबालिका माथी हुने हिँशाका घटनाबाट प्रभावितहरुको गुनासो तत्काल सम्वोधन होस भनी महिला कर्मचारीको व्यवस्था गरी डेस्क स्थापना गरिएको प्रजिअ खरेलले ईबागलुङलाई बताए ।

जिल्ला प्रशासन कार्यालयमा अधिकृत पदमा कार्यरत लक्ष्मी कुमारी शर्मालाई महिला सम्वन्धी उजुरी हेर्ने र कानूनी उपचारका लागि स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र अदालतमा पठाउने व्यवस्था मिलाईएको कार्यालयले जनाएको छ । हिँशाबाट पीडित महिलाहरुलाई आफ्ना गुनासा राख्न सहज होसभन्ने हेतुले डेस्कमा हट्लाईन टेलिफोनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

पीडित महिला तथा बालबालिकाहरुले ०६८५२०२३३ मा फोन मार्फत सम्पर्क व्यक्ति (फोकल पर्सन) लक्ष्मी कुमारी शर्माको मोबाईल नम्बर ९८५७६२२६८६ र ईमेल मार्फत
baglung prasasan@gmail.com मा समेत उजुरी दिन सकिने व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

यसका साथै जिल्लामा रहेका अल्पकालीन सेवा केन्द्र, OCMC, महिला तथा बालबालिका सम्वन्धी अधिकारकर्मी, संघसंस्था, विद्यालयहरु संग समन्वय गरी महिला हिँशा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्य समेत यस युनिटले गर्ने जानकारी दिईएको छ ।
तस्बीर – अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *