बागलुङमा मोति जयन्ती : डा छन्त्याल, शिक्षाप्रेमी मिलन गुरु, कला प्रेमी श्रेष्ठ र सर्जक थापा सम्मानित

कोपिला कंडेल, बागलुङ २०७५ भदौ २५ । युवाकवी मोतीराम भट्टको १ सय ५३ औ जन्मजयन्ति आईतबार बागलुङमा पनि मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशन बागलुङको संयुक्त आयोजनामा बिबिध कार्यक्रमका साथ दिवस मनाईएको हो ।

सो अवसरमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई सम्मान समेत गरिएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सार्थक प्रकाशनव्दारा पर्वत अस्पतालका डाक्टर हेमा देबी छन्त्याललाई सम्मान गरिएको थियो ।

त्यसैगरी धवलकला मन्दिरव्दारा शिक्षा क्षेत्रमा योगदान गर्ने सूर्य प्रसाद श्रेष्ठ मिलन र कला क्षेत्रमा योगदान पुर्याउने ईन्द्र कुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी यसवर्षको स्मृति युवा सम्मान जिल्लाको भिमापोखरा २ सिममा सर्जक गंगा थापालाई प्रदान गरिएको छ । सम्मानित सबैलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजि रोशनले प्रशंसा पत्र सहित दोशल्ला ओडाएर सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै बागलुङ्ग नगरपालिकाका प्रमुख पौडेलले कला साहित्य र संस्कृतिले जिवनलाई उर्वर बनाउने भन्दै संस्कृतिको जगेर्ना गर्नका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए । नेपाली साहित्यमा युवाकवी मोतिराम भट्टको योगदान सदैव स्मरण योग्य रहेको उनको भनाई थियो ।

सो अवसरमा समाजसेवी देब बहादुर श्रेष्ठ, सम्मानित ब्यक्तित्व डा. हेमा छन्त्याल, ईन्द्रकुमारी श्रेष्ठ, गंगा थापा, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष, बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कंडेल,गुणराज पौडेल गोबिन्द सुबेदी लगायतले मन्तब्य सहित सृजना बाचन गरेका थिए ।
कार्यक्रममा सम्मानित ब्याक्तित्व बारे धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष गोबिन्द सुबेदीले प्रकाश पारेका थिए ।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता, सार्थक प्रकाशनका सदस्य सचिव एबं बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरेको स्वागत मन्तब्य र धौलागिरी साहित्य प्रतिष्ठानका सचिव राम थापा अबिरलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *