दर (मिष्ठान्न भोजन)खाँदै तीजको खुशियाली साटासाट गर्दै…

झरना कँडेल, बुर्तिवाङ २०७५ भदौ २३ । हिन्दु नारीहरुले हरितालिका तीज पर्वलाई स्वतन्त्र एवं आनन्दमय चाडको रुपमा मनाउदै आएका छन् । तीजको एक दिन पहिले दर खाएपछी हिन्दु नारीहरुको तीज पर्व प्रारम्भ हुन्छ । नारीहरुको महान पर्व हरितालिका तीजलाई नेपाली नारीहरुले खुशियालीपूर्वक धुमधाम संग मनाउछन् ।

यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । धार्मिक मान्यतानुसार तीजमा भगवान शिवको आराधना गरिनुका साथै विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले दर खाने दिन दुग्ध बाट बनेका मिष्ठान्न परिकार दर खाने चलन छ । हिन्दु नारीहरु दर खाने दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् ।

पहिले पहिले तीजको एक दिन पहिले दर खाने र वेदनाले भरिएका मनको बहलाई गीत मार्फत बाहिर ल्याउने प्रचलनमा परिवर्तन आएको खानाका परिकारहरुमा पनि फरक आएको देख्न सकिन्छ ।

समयको परिवर्तन सँगै हाल आएर तीजको १०/१५ दिन पहिले देखीनै दर खाने र तीजका गीतहरु गाउने नाँच्ने चलन सुरु भएको छ । अहिले केवल हिन्दु नारीहरुले मात्र नभएर सबै जातजातिका नारीहरु तीज पर्वमा सरिक हुँदै आएका छन् । सामुहिकरुपमा, पालैपालो गरेर वा आफुहरु आवद्ध संघ संस्थाहरुबाट आयोजना गरिने तीजी कार्यक्रममा सहभागिता जनाउन पनि यस बेला नारीहरुलाई भ्याई नभ्याई छ । यसैक्रममा शुक्रबार बुर्तिवाङवासी नारीहरुले सामुहिक रुपमा दरखाने कार्यक्रम गरेर तीज पर्वको खुशियाली साटासाट गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *