बुर्तिवाङ नजिकै मोटरसाइकल र चालक बडीगाड खोलामा खसेर बेपत्ता !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ फागुन २० । केहि समय अघि दुईजना चढेको मोटर साईकल बुर्तिवाङ नजिकै बडीगाड खोलामा खसेको छ । करिव साँझ सवा ७ बजेको समयमा बुर्तिवाङ देखी भिङगिठे तिर गैरहेको नम्वर नखुलेको मोटर साईकल बुर्तिवाङ नजिकै फुर्से पहराबाट करीब ५० मिटर तल रहेको बडीगाड खोलाको फुर्से रहमा खसेको बताईएको छ ।

सो फुर्से पहरो भन्ने दुर्घटास्थल बाट घरतर्पm गैरहेका स्थानीय पूर्णबहादुर विकले सडकमा एक जनालाई भेटेपछी उसले मोटरसाइकल खोलामा खसेका बताउदै आफु पहिरोको वीचमा अड्किएर बाँचेको साथी मोटरसाइकल संगै खोलामा खसेका बताएपछी दुबैजना खोलामा आर्लेर खोजी गर्दा नभेटेपछी फर्किदै गर्दा निज व्यक्ति भागेको बताए । त्यस व्यक्तिको साथमा एक झोला आलु समेत रहेको उनले बताए ।

श्रोतका अनुसार निज मोटरसाईकल चालक पूर्व झापा तिरको महत थरको भएको बताईएको छ । उनिहरु मोटरबाटोमा कामगर्ने हुनसक्ने स्थानीयको अनुमान छ ।

स्थानीय र प्रहरीले राति सम्म खोलामा खोज्दा सवार र सवारी फेला नपारेपछी फर्किएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *