विपन्न विद्यार्थीलाई रु ४० हजार भन्दा बढी मुल्यको ड्रेस र शैक्षिक सामाग्री वितरण !

नारायण रिजाल, बागलुङ २०७५ भदौ ५ । लायन्स क्लब अफ धौलागिरी, बागलुङले बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने छात्रा छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित समुदायका विद्यार्थीहरुलाई झण्डै ४० हजार भन्दा बढीको स्कुल डे«स तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको क्लबका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागी अहिले लायन्स क्लबले नयाँ अभियान संचालन गरेको छ ।

विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीको लागी एक जोर स्कुल डे«स, झोला र शैक्षिक सामाग्री वितरण गरिएको थियो । सामाजिक भावनाले समाजको हरेक गतिविधिमा साथ दिने उद्देश्यले क्लबले उक्त विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई हस्तान्तरण गरेको हो ।

विद्यालयमा लायन्सले दिएको डे«स र शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक मनोवल उच्च हुने विद्यालयका प्रध्यानध्यापक राम बहादुर केसीले बताए । हामीले विद्यार्थीलाई आर्कषण गर्नका लागी कुनै माध्यम भेटाएका थिएनौं केसीले भने, ‘स्थानिय भरत शर्माको पहलमा लायन्स क्लबले डे«स र शैक्षिक सामाग्री दिएको छ यसले विद्यार्थी टिकाउनका लागी ठुलो राहत हुने छ ।’ विद्यालयमा अधिकाशं विद्यार्थी गरिब तथा विपन्न परिवारका रहेको प्रअ केसीले बताए ।

लायन्स क्लबले समाजमा नयाँ नयाँ गतिविधि गरेर थप प्रोत्साहन गरेको वडा अध्यक्ष धु्रव बहादुर केसीको भनाई छ । यस्ता गतिविधिले विद्यालयमा विद्यार्थीको पढाईलाई थप टेवा पुग्ने विश्वास लिएको उनले बताए ।

नर्सरी देखी कक्षा ३ सम्म संचालित विद्यालयमा अहिले सम्म कुनै पनि निकाय बाट सहयोग हुन नसकेको बताईएको छ । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, विद्यालयका संस्थापक अध्यक्ष विजुला शर्मा, लायन भरत शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ धौलागीरी बागलुङका अध्यक्ष लायन्स बसन्त कुमार श्रेष्ठको अध्यक्षता लायन राजन कुमार शाक्यको स्वागत र क्लबका सचिव मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *