प्रदेश नम्वर ४ स्तरीय पोखरा फोटोग्राफी अवार्ड २०७५ पर्वतका ३ जना लाई !

निर्मल पौडेल, पर्वत २०७५ भदौ ५ । प्रदेश नं ४ स्तरीय फोटो सम्वन्धी विभिन्न विधाहरुका प्रतिस्र्धामा पर्वतवाट ३ जनाले अवार्ड हात पारेको छन् । ३ सय जना फोटोग्राफर तथा फोटो पत्रकारहरुलाई पछि पार्दै पर्वतका रमेश श्रेष्ठ ,सुरेश रेग्मी र धनपती शर्माले अवार्ड हात पारेका हुन् ।

पोखरामा एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्मान तथा अवार्ड प्रदान गरिएको छ । पर्वत फोटो ग्राफर संघका उपाध्यक्ष एवम् फूलवारी फोटो स्टुडियो कुस्माका सञ्चालक रमेश श्रेष्ठले विभन्न दश विधा मध्ये ’दैनिकी जनजिवन’ अन्तर्गतको अवार्ड हात पारेका हुन । त्यस्तै फोटो ग्राफर संघ गण्डकी प्रदेशका सदस्य, पर्वत फोटो ग्राफर संघका कोषाध्यक्ष हिमचुली डिजिटल फोटो स्टुडियोका प्रवन्धक निर्देशक सुरेशराज रेग्मीले ’संस्कृती तथा पर्यटन’ सम्वन्धि अवार्ड हात पारेका हुन् । सोहि प्रतिस्पर्धामा पर्वत फोटोग्राफर संघका सदस्य तथा राङखानी डिजिटल फोटो स्टुडियोका धनपति आचार्यले ’संस्कृती तथा पर्यटन’ अवार्ड हात पार्न सफल भएका पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायाण वहादुर केसीले जानकारी दिएका छन् ।

पोखरा फोटोग्राफर संघ द्धारा आयोजित पोखरा फोटोग्राफी अवार्ड २०७५ मा सहभागी भई उत्कृष्ट १० जनामा पर्न सफल भई अवार्ड हात पारेकोले फोटो ग्राफिको इतिहासमा पर्वत जिल्लाकै नाम उच्च वनाएको अध्यक्ष केसीले वताए । सम्मानीत सवै व्याक्तिहरु एक दशक भन्दा लामो समय देखि फोटो पत्रकारीता गर्दै आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *