सहस्रधारा झरनामा दशैं सम्ममा सम्पुर्ण आन्तरिक ब्यवस्थापन पुरा गरि क्यानोनिक खेल सञ्चालन गर्ने तयारी !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ४ । गल्कोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागी डिपिआर गरिएको छ । इगल सोलुसन काठमाण्डौको टोलिले झरना ब्यवस्थापन, पोखरी पुर्वाधार निर्माण, चेन्जिङ कोठा, ट्वाईलेट, बाथरुम, पदमार्ग आदिको दिर्घकालीन ब्यवस्थापनका लागी डिपिआर गरिएको वडा अध्यक्ष वीरजङ भण्डारीले ईबागलुङलाई बताए ।

३ नं वडा कार्यालयले यस बर्ष क्यानोनिङ खेलका लागी आवश्यक सामाग्री खरिद गर्ने र गल्कोटका ८ जना युवालाई पोखरामा तालिमका लागी पठाउने अध्यक्ष भण्डारीले बताए । वडा कार्यालयले झरनामा आवश्यक पुर्वाधार निर्माणका लागी ५ लाख बजेट बिनियोजन गरेको छ । टोलीले झरनालाई सहज तरिकाले अवलोकन गर्ने गरि झुलुङगे पुलको समेत डिपिआर गरिएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।

झरनालाई पर्यटकीय गन्तब्य बनाउनका लागी झरनाको फेद देखि क्यानोनिङ खेल खेल्न सुरु गर्ने स्थानसम्म करिब ४ सय मिटर पदमार्ग निर्माण गरिने अध्यक्ष भण्डारीको भनााई छ । वडा कार्यालयले आगमि दर्शै सम्ममा सम्पुर्ण आन्तरिक ब्यवस्थापन पुरा गरि क्यानोनिक खेल सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

उक्त झरनाका केहि महिना पहिले क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि ‘क्यानोनिङ’ अभ्यास गरि गल्कोटका करिब तिन दर्जन बढि ब्यक्तिहरुले क्यानोनिङ खेल समेत खेलेका थिए । वडा अध्यक्ष भण्डारीकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्ने योजनाले सार्थकता पाएको छ ।

ओझेलमा परेको सहस्रधारा झरना ‘क्यानोनिङ’कै कारण एकाएक चर्चामा आएको छ । साहसिक खेलमा रमाउन चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । ‘थप पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौं,’ उहाँले भन्नुभयो– ‘क्यानोनिङ खेलले यसको महत्वलाई उजागर गरेको छ ।’ वडा कार्यालयले चालु आर्थिक बर्षमा छुट्याएको बजेटबाट ‘क्यानोनिङ’ खेलका लागी झरनामा आवश्यक पुर्वाधार निर्माण गरिने बताउनुभयो । ‘क्यानोनिङ’ खेलको दिगो विकासका लागि पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *