सूचनालाई प्रभावकारीरुपबाट सम्प्रेषण गर्न सूचनाधिकारीहरुलाई प्रजिअ खरेलको निर्देशन !

बागलुङ २०७५ भदौ ३ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज भदौ ३ गते सरकारी तथा सार्वजनिक संस्थाका सूचना अधिकारीको बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा सूचना अधिकारीहरुले आ आफ्ना कार्यालयहरुमा गत साउन महिना भएका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा प्रजिअ खरेलले कार्यालयका सूचनाहरुलाई प्रभावकारी रुपबाट सम्प्रेषण गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

सो अवसरमा विगत आव २०७४/०७५ मा बिभिन्न कार्यालयहरुमा भएका कार्यहरुको संक्षिप्त विवरणको सँगालो प्रकाशन गर्ने प्रयोजनका लागि सबै सूचना अधिकारीहरुले यहि भदौ १० गते भित्र आआफ्ना कार्यालयको विवरणहरु जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।

आज भदौ ३ गते सूचना दिवस २०७५भएकोले कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *