आजको तस्वीर : बागलुङ नगरपालिकाको द्रुत विकास … !

बागलुङ २०७५ भदौ ३ । बागलुङ नगरपालिकाको रु ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोग गरी करीब रु १२ लाखको लागतमा सम्पन्न ढिकीचौर खानेपानी योजनाको २०७५ साल भदौ २ गते शनिवारका दिन गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गरेका छन् ।

ढिकीचौरका १०६ घरघरमा खानेपानी धारो जडान गर्ने योजनाको उद्घाटन गरिएको धारो प्लाष्टिकले बाँसमा बाँधेर बनाईएको छ भने अन्य धाराको हाल कस्तो होला ?

बाह्रलाख रुपयाँको लागतमा सम्पन्न खानेपानी योजनाको धारो (तस्वीर) लाई ईगित गदै एक फेसबुक मित्रले आफ्नो फेसबुकवालमा दुर्त गतिमा बिकास भैरहेको देखियो …भनेर लेखेका छन् ।

केहि प्रतिक्रियाहरु …..

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *