आईएनएफ पालुवा, सन्चारकर्मी र स्वास्थ्य सम्वन्धित व्यक्तिहरु वीच एड्स रोगबारे अन्तरकृया !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन २० । आई एन एफ पालुवा बागलुङको आयोजनामा बागलुङ सदरमुकाममा पत्रकार र स्वास्थ्य सम्वन्धित व्यक्तिहरु बीच २ दिने अन्तरक्रिया शुक्रवारदेखी सुरु भएको छ ।

तालिममा एच आई भी एड्सका बारेमा आई एन एफले गरेको कामहरु र एच आई भी एड्सको बारेमा पालुवाका प्रशिक्षक ज्ञानेन्द्र प्रसाद त्रिपाठीले प्रशिक्षण दिएका थिए।

तालिममा यु एन एफ सार्वजनिक गरेको तथ्थाङ र आई एन एफ पालुवाले एच आई भी सम्बन्धी गरेको कामको बारेमा जानकारी दिईएको थियो ।

प्रशिक्षणमा एचआइभी एड्सका बारेमा बिस्तृत जानकारी दिँदै रोगका जीवाणु सर्ने माध्यम, यसबाट बच्ने उपाय, उपचार आदिका बारेमा बताईएको थियो ।
तालिम शविवार सम्पन हने छ । तालिममा यु एन एफ सार्वजनीक गरेको तथ्थाङ र आई एन एफ पालुवाले एच आई भी सम्बन्धी गरेको कामको बारेमा जानकारी दिईएको थियो ।

आई एन एफ पालुवा अव ६ महिना पछी बन्द हुने र बागलुङमा अपाङ्ग सरोकार राख्ने कार्यक्रम जिल्लाको ६ गाविसमा संचालन हुने पालुवाका संयोजक तथा प्रशिक्षक ज्ञानेन्द्र प्रसाद त्रिपाठीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *