ढोरपाटनका वडा वडामा घुम्ती शिविर सन्चालन गरी गरीब घरपरिवारलाई परिचय पत्र वितरण !

झरना कँडेल, बुर्तिवाङ २०७५ भदौ २ । ढोरपाटन नगरपालिकाले प्रत्येक वडा–वडामा पुगेर गरिव घरपरिवार परिचयपत्र वितरण घुम्ती शिविरको आज अन्तीम दिन ८७ परिवारलाई परिचयपत्र बितरण गरेको छ । वडा नं. ७ स्थित ज्ञानोदय माध्यमिक विद्यालय बोबाङमा सञ्चालन गरिएको शिविरमा नगरपालिकाका वडा नं ७, ८ र ९ का गरीबको सुचीमा सुचीकृत भएका परिवारलाई परिचय पत्र बितरण गरिएको हो ।

हिजो वडा वडा नं ५ र ६ को वडा कार्यालय सैखोलाबाट दुई वडाका १०४ जनालाई गरीब परिचय पत्र बितरण गरिएको थियो । शिविरमा छुटेकाले नगरपालिकाको कार्यालयबाट परिचयपत्रा लिन सक्ने नगरपालिकाका शाखा अधिकृत रामप्रसाद आचार्यले ईबागलुङलाई बताए ।

ढोरपाटन नगरपालिकामा गरिव घरपरिवार पहिचान सर्वेक्षण, २०७० मा आधारित पीएमटी विधिव्दारा पहिचान भएका तर परिचयपत्र नलिएका अति गरिव, मध्यम र समान्य गरिव घरपरिवारलाई परिचय पत्र वितरण गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा गत असार २४ गतेबाटै परिचयपत्र वितरण गर्ने कार्यक्रम थालिएको भएपनि नगरपालिकाबाट परिचयपत्र लिने नागरिकको उपस्थिती न्युन रहेपछि प्रत्येक वडा÷वडामा घुम्ती सिविरनै सञ्चालन गरेर गरिव घरपरिवार परिचयपत्र वितरण योजना अनुरुप बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।

नगरपालिकाको कार्यालयबाट १ महिनाको अवधिमा ३ सय ७ जनाले घरपरिवारले परिचयपत्र लिएको नगरपालिकाका सामाजिक परिचालक विष्णु विश्वकर्माले जानकारी दिए ।
ढोरपाटन नगरपालिकामा जम्मा ४ हजार ९ सय ६९ घरपरिवारमा गरिव घरपरिवारको सर्वेक्षण गरिएको थियो जस मध्य १ हजार ५ सय ४३ घरपरिवार गरिब घरपरिवारको सुचिमा परेका थिए । २०७० सालमा गरिएको उक्त सर्वेक्षण अनुसार नगरपालिकामा अति गरिव ७ सय २३, मध्यम गरिव ४ सय ५९ र समान्य गरिव ३ सय ६१ घरपरिवार रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *