प्रेम सुनारको श्रीमतीलाई खुल्लापत्र : ‘बुढी, आजबाट म सन्यास लिन्छु है !’

सर्व प्रथम त, हेर बुढी तँलाई ब्या गरेको यतिका वर्ष पछि पहिलो पटक ले तेरा खुट्टा, शिर नुहुराएर ढोई दिुन्छु । र, यति डर लाग्दो हतियार जस्तो अधिकार पाएकोमा बधाई पनि दिन्छु । आज भदौ १ गते विहान तँ र म विस्तराबाट उठेर चिया पियौं । त्यस पछि म बाहिर निस्कें । सदा झै घरमा पिएको चियाले मेरो चित्त बुझ्दैन । म बजारमा सदा पिउने चिया पसलमा पुगे ।

उनै केहि नेताहरु, उनै पत्रकार साथीहरु र अन्य छ्यास्मिस पनि थिए । चिया पिउँदै गर्दा आजबाट लागु हुने कानुनका बारेमा चिया गफ भए । त्यहाँबाट निस्केर हामी चिदीचौरको छेउँमा ढुङ्गा माथी बस्यौं । गहन छलफल चिन्तन भयो । अन्ततः हामी कि कानुन बदल्ने कि त सांसारिक ईच्छा आकंक्षा र प्राकृतिक चाहनाबाट सन्यास लिनु पर्छ कि भन्ने मानसिकतामा पुग्यौं ।

भन्न, म कसरी सांसारिक चाहनाबाट सन्यास लिन सक्छु होला ? मेरो बानी तलाई थाहै छ ? ब्या गरेको यत्रो वर्ष भयो । कहिले काटाछिन त कहिले चखेवा चखेवीको चाल भयो । छोरा छोरी जन्माईयो , हुकाईयो । जसो तसो घर चलेकै छ । तर आज देखि लागु हुने कानुनले तेरो मेरो वर्तमानलाई पनि भुतकाल बनाई दिने हो कि भन्ने मैले महसूस गरेको छु ।

तलाई मलाई थाहै छ , हाम्रो सानैमा बिबाह गराई दिए तेरा मेरा बाउ आमाले । श्रीमान श्रीमती भन्ने के हो र हामी विच के गर्नु पर्छ भन्ने पनि हामी दुबैलाई थाह थिएन । हामी केटा केटी झै लड्ने चल्ने गथ्र्यौं । त्यही भएर पनि तिमी भन्दा पराई जस्तो लाग्छ ।

म सदा झै बाबु आमाको कोखमा सुत्न जान्थें । तँ आफ्नै ओछ्यानमा सुत्न जान्थिस । मलाई बाउ आमाले त्यो बिस्तराबाट खेद्ने गर्थे । त्यस पछि म पाल्तिर जेठाबाको घरमा सुत्न जान्थे । गोसाँलाई तेल लगाई दिन जा भनेर तँलाई पनि ठुलो दवाव आउँथ्यो । तँलाई थाहै छ त्यसरी म साथी भाई कहाँ राति सुत्न जाँदा मेरा रिसाह बाउ उहि गएर कानको जाली फुट्ने गरी थप्पड हान्दै तेरो विस्तरामा ल्याएर सुत्न लगाएको ।

वालापन मै त्यसरी जवरजस्ती हामीलाई सुत्न लागाउने विरुद्धको अत्याचार पनि हामी सह्यौं, भोग्यौं । त्यस्तै तँ तेह्र कि म चौधको थिएँ होला हेर राक्षश सरी है हिजो साँझ सम्मको तँ संग बोल्ने बानी भएकोले राक्षस शव्द खुस्की हाल्यो, आज देखि लागु हुने कानुनमा लागु नहोस प्लीज….)

तैले हामी रोपाई गर्न जाँदा मेरो चकचके बानी तँलाई कतै चलाएँ हुँला, तैले उति खेरै हलो जोत्दै गरेका मेरा बाउँलाई र धान रोप्दै गरेकी आमालाई यसले चलायो मलाई भनेर कुरा लगाएकी थिईस । त्यति बेला त गाली मात्रै खाईयो खासै फरक परेन । तर आज देखि भने मैले तँलाई त्यसरी नै चलाएँ र तैले त्यसरी नै प्रहरीमा कुरा लगाईस भने म जाक्किन्छु , हेर बाय ।

तलाई थाहै छ , अधिकारकर्मीको खोल भिरेकाहरु घर सपार्ने भन्दा बिगार्ने धेरै छन । मानी लिउँ तलाई मैले कुटे । तँ प्रहरीमा उजुरी गर्न गईस । तैले चाहेको यहि थियो कि मेरो ‘लौनी’ले अब देखि न कुटोस । तर अधिकारकर्मी भनाउँदाले प्रहरीबाट बाहिर निकालेर बन्द कोठामा छलफल गराउँछन र तलाई उक्साउँ छन र भन्छन यस्तो तरिकाले घर चल्दैन तिमीहरु अलग हौ ।

अनि आफैले तोक्छन २५ देखि ५० लाख सम्मको गोजी भराई । अनि तलाई लाग्छ ठिकै हो, त्यत्रो पैसा भए पछि चलि हाल्छ । घटाउँदै जाँदा चार पाँच लाख वा दश लाख पाउने अन्तिम सर्त हुन्छ । अनि सम्वन्ध विच्छेदका लागि एउटा वकिल बोलाईन्छ । उसले पनि पाँच सात हाजार खान्छ । यसरी नै घर बिगारेका छन ।

केहि दिन अघि मात्र गुल्मीकी एक महिला सम्वन्ध विच्छेद गरेको एक महिना नपुग्दै फेरी मलाई उहि श्रीमान चाहियो भनेर अदालतमा हालेको कुरा अँस्ती राति तँलाई सुत्ने बेलाँ भने कै थिएँ । हिजो साउन मसान्त भित्र सम्मको कानुनमा त त्यस्तो चलखेल हुन्तो भने आजबाट झन के होला ? अव त झन कथित अधिकारकर्मीहरुको पेशा मौलाउने देखिन्छ , हेर बाय ।

अब तलाई मैले एक थप्पड हाने भने त्यस विरुद्ध कुटपिटको मुद्दा होईन जवरजस्ती करणीको मुद्दा हाल्न हौसाउने छन, ख्याल गरेस् । हेरेस्, अब देखि तँलाई मैले ठाडो शिरले हेर्दै हेर्ने छैन । यसो भनेर के गरुँ ? म मुदारीको वानी थाहै छ तँलाई , कसरी नियन्त्रण गरुँ म आफुलाई ? भन्तो वाय ?

खै कुन्नी मानव स्वभाव नै त्यस्तै हो कि भन्छु म जस्तै अरु पुरुषका कुरा सुन्दा पनि । उनिहरु पनि त्यस्ता कुरामा म जस्तै राक्षश छन अ’रे । उफ….मान्छेको यो स्वभावलाई कसरी छुटाउने हो ? परिने भयो फन्दामा । अरुको कुरा के गर्नु ? तैले पनि मलाई जिस्काउछेस , चिमोट्छेस् ।

सुन्न, अझ हामी खेता मेलामा जान्थिम , कोदो रोप्दै गरेको विउको मुठाले मेरै सामु तैले अरु केटाहरुलाई जिस्कीदै हान्थिस्, मैले पनि तेरो आँखा छलेर अरु केटीलाई जिस्काउँथे । म सानै भएकोले केटीहरुले हिलो बारीमा लगेर खाज्थे । आज देखि त हेर बाय, त्यसरी चल्ने जमना गए । खोलामा पौडी खेल्न जान्थ्यौं । कति वेला केटीहरुले केटाहरुलाई गहिरो रहमा धेरै बेर सम्म चोपालेर पानीले पेट ढाडिने बनाउने थे भने कहिले केटाहरुले केटीलाई ।

कहिले काँही तँ त्यो केटील खाँदै गरेको जुठो आँप खोसेरै खाईयो । फागु पुर्णीमामा फागु खेल्न जाँदा केटा केटी विच हात हालाहल हुन्छ । गाला मुसार्दै रंङ्ग लगाउनुको मज्जै अर्को । साँच्ची भन्ने हो भने आशय करण त्यति बेला हुन्छ । अव त वाय अव देखि म होली खोल्दिन होला ।

हेर त, हाम्रै आँखा अगाडी ती जमना गए बाय । बाटो घाटो कसै संग आँखा जुध्छ । चिने जस्तो लागेर हेरिरहन मन लाग्छ । अब त त्यसरी हे¥यो भने आशय करणीको मुद्दा लाग्ने भयो बाय हेर बुढी । आज विहान एउटी बहिनी आउँदै थिईन, मैले देखेर पनि नदेखे जस्तो गरी अगाडी बढें । हाम्रो त जमना गयो तर भाई बहिनीहरुले कसैलाई हेर्ने पाउने, मन पराउँन पाउँने, मनको कुरा ब्यक्त गर्न पाउने प्राकृति स्वभाव र अधिकार पनि छिनिन्छ कि जस्तो लाग्यो ।

आज जिल्ला अदालत गुल्मीले मुलुकी ऐन फौजादारी र देवानी आचरसंहिता लागु हुने वारे सरोकारवालाहरुका विचमा सार्वाजनिक ग¥यो । अरु धेरै कुरा त एकदम राम्रो लाग्यो । मलाई तिन वटा कुरा राम्रो लागेन । एउटा श्रीमतीले नचाहे वलात्कारको मुद्दा हाल्ने, कसैलाई हेरे आशय करणी र अर्को पत्रकारले विना अनुमति फोटो र ध्वनी रेकर्ड गर्न नपाईने संहितामा रहेको छ । मलाई पनि दुई शव्द राख्ने अवसर दिईएको थियो त्यही गुनासो राखे मैले ।

कार्यक्रम सञ्चालिका अदालतकै सिता घिमिरे हुनु हुन्थ्यो । मैले उहाँ तिर फर्केर भने अब त मैले उहाँलाई हेर्न पनि डर भयो श्रीमान भनेर जिल्ला न्यायाधीश रामप्रसाद न्यौपाने ज्युलाई भने । श्रीमान सहित सहभागिहरु हाँस्नु भयो । पछि उहाँहरुको जवाफ थियो सकरात्क नजरले हेरे डराउनु पर्दैन , नियत खराबको नजरले हेरे परिन्छ । मान्छेको नजर र मनको कुरा कसरी न्यायालयले भोलि बुझ्ने होला ?

अरु साथी भाई विच पनि बसेर सल्लाह ग¥यौ । घुस खाई रहेको मान्छेले पत्रकारलाई फोटो खिच्ने अनुमति देला ? अँस्ती मैले एक जना शव ईञ्जिनियरले एक लाख घुस लिदै गरेको भिडियो खिचेर प्रशारण गरे अब त्यसो गर्न सकुँला ?

कहिले काँही बाटो घाटोमा कुनै महिला बलात्कृत भएको देखौला त्यति बेला त्यस बलात्कारीले खिच्न अनुमति देला ? हाम्रो प्रमाण भनेको तस्वीर, ध्वनी मुख्य हुन जुन प्रमाण छैन भने के को पत्रकारित गर्ने ? यस पेशाबाट पनि सन्यास लिदै होलो जोत्न घर तिरै लागौं जस्तो पनि लागेको छ ।

त्यो भन्दा पनि डर तेरै छ बाय । कहिले काँही झगडा पर्र्ला । रिसले चुर तैले अर्को दिन विहानै प्रहरीमा आएर जवरजस्ती करणीको मुद्धा ठोके मरो हालत के होला ? तैले छाडी, बरु हाम्रो कोठा अलग अलग बनाऔं । त्यो भन्दा अझ मैले सांसारिक ईच्छा आकंक्षाबाटै सन्यास लिई दिन्छु खिस्सै खतम । तैले त्यसो गर्न दिन्नेस् जस्तो लाग्छ । त्यसो भए केहि सर्तहरु जो यस प्रकार छन ।

१– एउटा कम्युटर पसलमा गएर हरेक दिन मञ्जुरी नामको सहिछाप गर्ने फारम बनाउँछु त्यसमा हरेक दिन सहिछाप तैलै गर्नै पर्छ बाय !

२– आज मिति … को साँझ देखि विहान घरबाट निस्किने बेला सम्म म उहाँकी श्रीमती सकुशल र सुरक्षित छु भन्ने कागज पनि दैनिक गराउनु पर्छ । त्यसमा हामी दुवै वादी प्रतिवादी औठाछाप लगाउनु पर्छ , भोली यो हस्ताक्षर मेरो होईन भन्न पो के वेर हुन्तो ?

३–कागजी प्रमाणको पनि भर नहुन सक्छ । यसर्थ साँझ भिडियोमा मञ्जुर नाम दिएँ भन्नु र अर्को दिन विहान राती जे जे भएको थियो, त्यो हामी दुवैको राजीखुशीले भएको थियो भन्ने रेकर्ड मैले राख्ने गर्छु ।

यसमा राजी हो भने ठिकै छ नत्र त बाय अबको चाल ठिक छैन । लौ माईती मावली र कुरौटेहरु संग सल्लाह लिएर मलाई तेरो निर्णय सुनाउनु वाय, है ?

गुल्मी २०७५ भदौ १ गते शुक्रबार सुभम् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *