बागलुङमा धौलागिरी अञ्चलस्तरीय भेट्रोन फुटसल प्रतियोगिता सुरु

बागलुङ २०७५ भदौ १ । धौलागिरी अञ्चलस्तरीय भेट्रोन फुटसल प्रतियोगिता शुक्रबार देखि बागलुङमा सुरु भएको छ । रश आवर फुटसल प्रालि बागलुङको आयोजनामा सुरु भएको प्रतियोगितामा बागलुङ र म्याग्दीका ९ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उदघाटन स्पेशल ओलम्पिक नेपालको तर्फवाट अमेरिकाको मिनी एपोलिसा शहरमा सुस्त मनस्थितिको तर्फबाट भाग लिएका खेलाडी अरुण शाक्य र बंगलादेश तथा भारतमा भएको प्रतियोगितामा सहभागी भई पुरस्कृत सुस्त मनस्थिति खेलाडी सुविल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा धौलागिरी जिप व्यवसायी समितिका अध्यक्ष बिष्णु अधिकारी, नेपाल प्रेस युनियनका कार्यवहाक अध्यक्ष प्रदिप पन्तले मन्तव्य व्यक्त गरेका थिए ।
रश आवर फुटसल प्रालिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र राजु केसीको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

उदघाटन खेल धौलागिरी जिप व्यवसायि समिति र मालढुङगा युवा क्लव बिच भएको थियो । त्यस्तै शुक्रबार नै कर्मचारी फुटसल टिम र मिलिजुली फुटसल टिमबिच थियो । प्रतियोगिता यहि भदौ ३ गते सम्म संचालन हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *