कालीगण्डकी र मोदी नदी दोहन गर्ने २ ट्याक्टरलाई रु. १५/१५ हजार जरीवाना !

निर्मल पौडेल पर्वत २०७५ भदौ १ । अवैध रुपमा नदी दोहन गर्ने दुई ट्याक्टरहरु प्रहरीको कार्वाहीमा परेका छन् । कावार्हीमा पर्ने ट्याक्टरहरुमा ग १ त ४२७९ नम्वरको र ध १ त २९६ नम्वरको रहेका छन् ।

कुस्मा नगरपालिका वार्ड नं. ८ दोविल्ला स्थित मोदी खोलामा लुकिछिपी नदीजन्य पदार्थ वालुवा उत्खनन् गरेको अवस्थामा ग १ त ४२७९ नम्वरकोलाई वुधवार साँझ प्रहरी चौकी देउपुरवाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै वुधवार राति नै कु.न.पा. १ स्थित सहस्रधारा स्थित कालीगण्डकी नदीवाट अवैध रुपमा वालुवा उत्खनन गरिरहेको अवस्थामा ध १ त २९६ नम्वरकोलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात आवश्यक कार्वाहीको लागि विहिवार कु.न.पा.को कार्यालयमा पठाइएको र दुइओटै ट्याक्टरलाई जरिवाना रु १५ हजारका दरले तिराइएको प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । पछिल्लो समय अवैधरुपमा कालीगण्डकी उत्खनन् गर्न नदिन पर्वत प्रहरीले सक्रियता देखाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *