‘बोल माया बोल’ का चर्चित गायक प्रकाश सपुत युएई आईपुगे, जताततै सपुतकै चर्चा !

खिमलाल पाण्डे , युएई २०७५ भदौ १ (१७ अगस्ट २०१८) । बागलुङ सेवा समाज युएईले आयोजना गरेको तीज बिशेष साङ्गीतिक कार्यक्रम २०१८ का लागि मुख्य आकर्षक नेपालबाट अहिलेकै चर्चित गायक प्रकाश सपुत र ज्योती लोहनी अगस्ट १६ तारिख बिहीवारका दिन बिहानै युएई आईपुगेका छन।

महिलाहरुको महान चाड हरितालीका तीजको अबशर पारेर युएईमा कृयाशिल सामाजिक संस्था बागलुङ सेवा समाज युएईले युएईमा कार्यरत महिला दिदिबहिनीहरुलाई तीज बिशेष दर खुवाउनुको साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भरपुर मनोरन्जन दिने हेतुले बिशाल सान्स्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ्र जसका लागि अतिथी कलाकारहरु बागलुङे युवा गायक अहिलेका चर्चित सपुत र चर्चित बागलुङे गायिका लोहनीलाई निमन्त्रणा गरेको थियो्र संस्थाको निमन्त्रणालाई स्विकार गर्दै उनिहरु बिहीवार बिहान युएई आईपुगेका हुन्र

अतिथि कलाकारहरुलाई स्वागत गर्न संस्थाबाट कार्यक्रम सम्योजक ९अध्यक्ष ० रत्न बिकको नेतृत्वमा संस्थाका समरक्षक गोपाल कंडेल ,बरिश्ठ सल्लाहकार कृष्ण केसी सल्लाहकार याम पुन, महासचिब लाल बहादुर क्षेत्री, पूर्व महासचिब केदार नेपाली लगायत अन्य पदाधिकारीहरु आकाश सुबेदी, सरस्वती पौड्याल, लक्ष्मी पौड्याल, निरु शर्मा, टिका कंडेल, हेमराज शर्मा सहित अन्य पदाधिकारीहरु पनि दुबई एयरपोर्ट पुगेका थिए।

संस्थाले यसरी सात समुन्द्र पारी भएपनी नेपाली दाज़ुभाई दिदीहरूसंग एक आपसमा मिलेर चाडबाड मनाउनुको साथै बर्ष दिनको खुशीयाली भेटघाटको मौका पारी परदेशको दुःख भुल्न यस्तै कार्यक्रमहरूले सहयोग गर्नुको साथै आफ्नै गाउठाउमा रहेको आभास दिलाउन सक्ने भएकाले आफुहरु निकै खुशी रहेको संस्थाका महिला दिदीबहिनीहरु बताउछन युएईका हरेक क्षेत्रहरुबाट कार्यक्रम सफल पार्नको लागि सक्रिय रुपमा लागि परेको संस्थाका केन्द्रिय सदस्य आकाश सुबेदीले बताएका छन ।

कार्यक्रममा अतिथी कलाकारहरुको साथमा चर्चित गायिका रितु थापा र अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने सुबेदीले जानकारी दिएका छन । त्यस्तै अध्यक्ष रत्न बिक भन्छन हामीले हरेक बर्ष फरक फरक तरिकाले चाडपर्वहरु मनाउदै आईरहेका छौ अहिले पनि त्यही मनोशायले महिलाहरुको महान चाड हरितालीका तीजको अबशर पारेर आफ्नै गाउठाउका चर्चित कलाकारहरुको साथमा फरक तरिकाले एक आपसमा तीज बिशेष दर खाँदै खुवाउदै मनोरन्जनात्मक तरिकाले मनाउने सोच बनाएका हौ । उक्त कार्यक्रम बाट सन्कलित रकम हालै अल्पआयुमै असामयिक निधन भएका संस्थाका केन्द्रिय सचिब महेश पौड्यालको परिवारलाई आर्थिक सहयोग गरिने बताए ।

बिगत २०११ सेप्टेम्बरमा बरदुबई स्थित एउटा खजुरको रुखमुनी दुई चार जना गोपाल कंडेल, चित्र केसी, कृष्ण केसी, मान बहादुर केसी सहित अन्य बागलुङ जिल्ला प्रेमीहरु मिलेर स्थापना गरेको युएईमा छुट्टै पहिचान बनाउन सफल भएको संस्था हो बागलुङ सेवा समाज युएई ्र समय समयमा युएईमा मनोरन्जनात्मक कार्यक्रम कार्यक्रमहरु गर्नुको साथसाथ आपत बिपत परेका जिल्लाका बिभिन्न स्थानहरुमा आर्थिक सहयोग गर्नुको साथै युएईमा बागलुङ बाशी नेपालीहरुलाई समेत आपत बिपत परेका सबैलाई उद्दार गरी नेपाल फिर्ता समेत पठाउने गरेको ताजै छ ्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *